अपडेट 
२०७८ जेष्ठ १५, शनिबार १५:३२

कोरोनाभाइरसको महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु यूएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलका बाँकी खेलहरु यूएईमा हुने जनाएको हो । आईपीएलका आठौँ चरणका खेलहरु चल्दै गर्दा खेलाडी तथा अफिसियलमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । बाँकी खेलहरु आउँदो सेप्टेम्बरदेखि अक्टोबरसम्म यूएईमा खेल गर्ने जनाइएको छ । बाँकी ३१ खेलहरु २५ दिनभित्र सक्ने बीसीसीआईको योजना छ ।

Comment


Related News

Latest News

Trending News