अपडेट 
२०७८ जेष्ठ १६, आईतवार ०७:२९

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ४७४ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ८० हजार ९८० मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार हालसम्म १७ कराेड ६ लाख ७ हजार ४३ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड २७ लाख ३९ हजार ४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्वभर एकैदिन ७ लाखभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ३५ लाख ४७ हजार ९१० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७ हजार १६३ जनाकाे ज्यान गएको छ । १ लाख ११ हजार ५०९ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ५३ हजार ४२२ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख ३४ हजार ७५० जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News