अपडेट 
२०७८ जेष्ठ १७, सोमबार ०८:३६

प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा आईतवार २४१ संक्रमित थपिएका छन् । तर ४०८ जना संक्रमित निको भएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा ९३ जना, महोत्तरीमा ७ जना, सिरहा ४१ जना, सप्तरीमा २१ जना, रौतहटमा १९ जना, सर्लाहीमा २ जना, बारामा ४६ जना र पर्सामा ७ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५ जना अन्य प्रदेशका छन् । यता, ३७५ पुरुष र ३३ महिला आईतवार कोरोनामुक्त भएका छन् । कुल संक्रमित ३२ हजार ३७२ रहेका छन्, जसमध्ये आईतवार दिउँसो ४ बजेसम्म २१ हजार २३३ जना निको भइसकेको बताइएको छ । कोरोनाबाट यस प्रदेशमा मृतकको संख्या ६७० पुगेको छ । आईतवार मात्रै २१ जना मृतकको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरे । जसमध्ये सप्तरीका ७ जना, पर्साका २ जना, रौतहटका ४ जना र बाराका ८ जनाको मृत्यू भएको भनिएका छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० हजार ४६९ रहेको छ । विगत २÷३ दिनदेखि सक्रिय संक्रमितको संख्या बढेको छैन ।

स्वास्थ्यकर्मीहरुका अनुसार सक्रिय संक्रमित नबढ्नु सरकात्मक पक्ष हो । अब विस्तारै संक्रमित घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भनिसकेको छ ।

Comment


Related News

Latest News

Trending News