अपडेट 
२०७८ जेष्ठ १७, सोमबार ०८:५१

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार एक सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार ११४ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ९१ हजार २४४ मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार हालसम्म १७ कराेड १० लाख ९ हजार ५६२ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड ३२ लाख ८२ हजार ३३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्वभर एकैदिन ५ लाखभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । साेमवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ३५ लाख ५६ हजार ३१४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७ हजार २७२ जनाकाे ज्यान गएको छ । १ लाख ८ हजार ८९७ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ५७ हजार १२४ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख ४० हजार ९५५ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News