२०७८ जेष्ठ १७, सोमबार १३:२०

प्रदेश-२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश-२ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो । पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो ।

स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको छैन । यहीं बीचमा प्रदेश सरकारले पाँचौ अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Comment

Related News

Latest News

Trending News