अपडेट 
२०७८ जेष्ठ १८, मंगलवार ०७:४५

एसईई परीक्षा सम्बन्धी अन्याेल हटेकाे छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेपछि नजिकिदाे परीक्षामा दखिएकाे अन्याेल हटेकाे हाे ।

हिजाे (साेमवार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर सोहीअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै परीक्षाकाे माेडालिटी तयार गर्न गठित कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको थियो । साेही प्रतिवेदन बोर्डले मन्त्रालयमा पेश गरेको थियो ।

राष्ट्रिय परीक्षा बाेर्डले पेश गरेकाे प्रतिवेदन पेश गरे अनुसार नै मन्त्रिपरिषदले परीक्षाकाे माेडालिटीबारे निर्णय गरेकाे हाे।

Comment


Related News

Latest News

Trending News