२०७८ जेष्ठ १८, मंगलवार ०७:५६

प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)मा विवाद चुलिन थालेको छ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आ–आफ् नो पक्षमा सभासदको हस्ताक्षर संकलन थालेका छन् ।

जसपा प्रदेश सभामा दलको नेता कोही नरहेकाले राउत र सोनलले आ–आफ् नो पक्षमा बहुमतको दाबीका लागि हस्ताक्षरण संकलन गरेको उच्चस्रोतले जनाए । जसपा पर्साको अध्यक्ष रामनरेश यादवले राउतको पक्षमा हस्ताक्षर संकलन गरेको स्रोतले जनाए ।तर सोनल स्वयंले सभासदहरुलाई फोनगरि हालचाल सोध्ने, बजेटको विषयमा छलफल गर्ने र भेंटन सक्ने बताउन थालेका छन् । प्रदेश २ मा हाल सम्म प्रदेश कमिटी र प्रदेश सभामा जसपाको समायोजन भएको छैन् ।प्रदेश सभामा पूर्व राष्ट्रिय जनता पार्टी(राजपा) र पूर्व समाजवादी पार्टीकै नामबाट संसदीय दलको नेता, प्रमुख सचेतक लगायत अलग–अलग नै रहेका छन् । केन्द्रमा पार्टी विभाजनका लागि संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या आवश्यक रहेकोछ ।प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा कायम रहेको राष्ट्रिय सभामा महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा ४० प्रतिशत सदस्य छैन् ।सप्तरी जिल्लाका मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहपनि अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई समुहमा लागेका छन् ।उनीहरु दुबै जना पूर्व राजपाबाट निर्वाचित भएका हुन् । कार्यकारिणी समितिको हाल कायम रहेको ५१सदस्य मध्ये १६ जना मात्र ठाकुर–समुहमा रहेका छन् ।



उच्च स्रोतका अनुसार सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसित मध्यान्ह भएको लामो छलफलमा अध्यादेश मार्फत दल फुटाउने कानुन ल्याएर सहज बनाइदिन आग्रह गरेको थियो ।त्यसैकारण जसपाबाट सरकारमा सहभागि हुनेहरुको साइत केहि दिन सरेको छ ।

Comment


Related News

Latest News

Trending News