२०७८ जेष्ठ १८, मंगलवार ०८:०८

जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम आउँदो जेठ २५ गते प्रस्तुत गर्ने भएको छ । यस अघि पनि जेठ २५ गते प्रदेश सकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

कोरोना महामारीका कारण प्रदेश सरकारले नीति तथा कार्यक्रम निर्माणको जिम्मेवारी नीति तथा योजना आयोगलाई दिएको छ । प्रदेश सरकारले अगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि तथा शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने भएको छ । कोरोनाको महामारीका कारण अस्ततव्यस्त रहेकोको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने, अस्पतालहरुको स्तरउन्नती, जनशक्ति व्यवस्थापन लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको बताइएको छ । त्यसैगरि, कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरुलाई कृषिमा अधारित रोजगार कार्यक्रम तथा लकडकाउनको कारण लामो समयदेखि बन्द रहेको शैक्षिक संस्थाहरुलाई व्यवस्थित गर्न तथा विद्यार्थीहरुको लागि डिजिटल पठनपाठनको व्यवस्थापनको लागि समेत कार्यक्रम समावेश गरिएको नीति तथा आयोजना आयोगका एक कर्मचारीले बताए । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । प्रदेश सरकारले अगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्ने तथा अगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सञ्चार सचिवालयले जनाएको छ । गत चैत ३० गतेदेखि प्रदेशको पाँचौं अधिवेशन शुरु भएको थियो ।



चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News