अपडेट 
२०७८ जेष्ठ १८, मंगलवार १०:५६

भारतमा कोरोनाको गती क्रमशः कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख २६ हजार ६४९ मानिसहरुको कोरोना रिपोर्ट पोजेटिभ आयो ।

यतिबेला २ लाख ५४ हजार ८७९ मानिसहरुले कोरोना जिते । नयाँ संक्रमितको आँकडा पछिल्लो ५५ दिनको सबैभन्दा कम हो । यसअघि ७ अप्रिलमा १ लाख २६ हजार २७६ मानिसहरुमा कोरोनाको पुष्टि भएको थियो । यसैबीच मृत्युको आँकडामा पनि कमी आउन थालेको छ । करिब ३५ दिनपछि सोमबार दैनिक मृत्युको आँकडा ३ हजारभन्दा कम आएको छ । यतिबेला २,७८१ संक्रमितको मृत्यु भयो । यसअघि २६ अप्रिलमा २,७६२ जनाको ज्यान गएको थियो । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ दिनमा १ लाख ३१ हजार ३१ को गिरावट आएको छ । अब १८ लाख ९० ९७५ संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो २२ दिनमा यसमा १८ लाख ५० हजार ३३७ को कमी आएको छ ।

Comment


Related News

Latest News

Trending News