२०७८ जेष्ठ १८, मंगलवार १२:५१

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुहुने भएकाे छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्ने बताउनुभएकाे हाे । प्रधानमन्यायाधीश राणा र बार अध्यक्षबीचकाे छलफलमा संवैधानिक इजलास संचालन सम्बन्धी नियमावली २०७४ शंसोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति भएको जनाकारी दिनुभयाे ।

‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ,’ बार अध्यक्ष शाक्यले भन्नुभयाे, ‘संवैधानिक इजलासको नियममै आवश्यकताअनुसार परिमार्जन गरी वरिष्ठताको आधारमा इजलास गठन गर्ने र वरिष्ठताको आधारमा गठन गर्दा पनि उहाँहरुबारे पनि स्वार्थ बाझियो वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने त्यसभन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सम्माननीय ज्यूले सहमति जनाउनु भएको छ ।’

एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराउने र न्याय परिषदबाट पास गर्ने सहमति बनेको शाक्यकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News