
नेकपा एमालेमा गतिविधि गरेको भन्दै नेकपा माओवादीले पदमुक्त गरेका प्रदेश २ का तीन साँसद सर्वोच्च अदालत गुहारेका छन् । साँसदबाट हटाइएका रामचन्द्र मण्डल, मो. समिर र कुन्दन प्रसाद कुशवाहाले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भनी सर्वोच्चमा निवेदन– पत्र दर्ता गराएका हुन् । पदमुक्त भएको झण्डै डेढ महिनापछि उनीहरु संयुक्त रुपमा जेठ १३ मा सर्वोच्चमा निवेदन– पत्र दर्ता गराएका छन् । ‘सभामुख समक्ष राजीनामा पनि नदिएको, संविधानको धारा १७८ बमोजिमको योग्यतामा पनि विवाद नरहेको, प्रदेश सभामा अनुपस्थित नरहेको र दल त्याग समेत नरहेको अवस्थामा हाम्रो प्रदेशसभा सदस्यको पद रिक्त नहुने संवैधानिक व्यवस्था रहेको हुँदा र हामी विेदक जुन दलबाट निर्वाचित भएका छौं, उक्त दलप्रति नै प्रतिवद्ध रहेकोमा संवैधानिक व्यवस्था विपरित हामी निवेदकले कुनै कसुर कार्य नगरेको हुँदा हामी पद अन्त्य हुने अवस्था नरहेको निवेदन गर्दछौं’, सर्वोच्चमा दर्ता गराएको निवेदन पत्रमा उल्लेख छ । माओवादीले उनीहरुलाई भने प्रक्रिया पुरा गरी पदमुक्त गरेको दावी गरेको छ ।
सुरुमा स्पष्टिकरण सोधेको थियो । तर स्पष्टिकरणको जवाफ नबुझाएपछि मात्र साँसद पदबाट पदमुक्त गरेको दावी माओवादीको छ । उनीहरुले भने पार्टीले स्पष्टिकरण नै नसोधेको दावी अदालतमा पेश गरेको निवेदन पत्रमा गरेको देखिएको छ । माओवादीले पदमुक्त गरेकामध्येकी साँसद ज्वाला साहले भने सर्वोच्चमा रिट दिएकी छैन । मण्डल माओवादीमा हुँदा प्रदेश २ मा संसदीय दलका नेता थिए । माओवादी र नेकपा एमाले एकिकरणपछि नेकपा प्रदेश २ को संसदीय दलका नेतामा सत्यनारायण मण्डल चयन भए । पछि माधव नेपाल समूह विद्रोह गरेपछि संसदीय दलको नेता शत्रुधन महतोलाई चयन गरियो । तर सर्वोच्चले पुनः माओवादी र एमाले व्यूँताएपछि माओवादीबाट निर्वाचित उनीहरु एमालेमै बस्ने भएपछि कारबाहीमा परे । पदमुक्त गरेको पत्र माओवादी प्रदेश २ संसदीय दलले सभामुख सरोज कुमार यादवलाई बुझाएका थिए । सभामुखले चैत ३० मा बसेको प्रदेशसभा बैठमा उनीहरु पदमुक्त भएको पत्र पढेर सुनाए । सो दिन पदमुक्त भएका कोही सदनमा उपस्थिति थिएनन् । त्यसपछि वैशाख १० गते बसेको ्रदेशसभा बैठकमा पनि उनीहरु उपस्थित भएनन् । अदालतमा भने उनीहरुले भने प्रदेशसभा बैठकमा पनि अनुपस्थित नभएको दावी गरेका छन् । पद जोगाउन सर्वोच्च पुगेका मण्डल धनुषा १ (ख) र कुशवाहा रौतहट ३ (ख)बाट निर्वाचित भएका थिए । मो. समिर मुस्मिल कोटाबाट समानुपातिक साँसद बनेका थिए । मण्डल एमालेमा पुगेपछि केन्द्रीय सदस्य भएका छन् ।

उनलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाउने समेत चर्चा चलिरहेका बेला उनी प्रदेशसभा सदस्य पद जोगाउन सर्वोच्च पुगेपछि धेरैले आश्चर्य मानेका छन् । मण्डलले जनकपुर टुडेसँग भने– ‘रिट हालेको छु । तर यसबारे अहिले तत्काल केहि बोल्दिनँ ।’ साँसदबाट पदमुक्त गर्न मिल्दैन भन्ने दावी गर्नुभएको हो भन्ने जिज्ञासामा उनले भने, ‘ त्यो त सम्भव छैन । यो कुराहरु वकिललाई नै थाहा होला ।’ माओवादीमै रहेको दावी पनि सर्वोच्चमा नगरेको उनको भनाई छ । पदमुक्त अर्का साँसद मो. समिरले केहि बोल्न मानेनन् । उनको ठाउँमा माओवादीले पर्साकी पस्मिना कादरीलाई निर्वाचित गरिसकेको छ । अर्का पदमुक्त रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित साँसद कुन्दन प्रसाद कुशवाहाले पार्टीले आफूमाथि अन्याय गरेकाले सर्वोच्च पुगेको प्रतिक्रिया दिए । उनले आफू माओवादीमै रहेको दावी गरे । भने, ‘मलाई स्पष्टिकरण पनि सोधेको छैन । जनताल मलाई निर्वाचित गरेका छन् । अनी पार्टीले पदमुक्त गर्न मिल्छ