अपडेट 
२०७८ जेष्ठ २०, बिहीबार १६:३४

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् ।

यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ । कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृत्यु भएको छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ ।  यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२.७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ ।  मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News