अपडेट 
२०७८ जेष्ठ २१, शुक्रबार ०७:०५

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध भएन भने जटिल अवस्था रहिरहने चेतावनी दिएको छ।

डब्लूएचओका नेपाल प्रमुख डा राजेश शम्भाजिराव पाण्डवले एक भिडिओ जारी गर्दै एसियाली क्षेत्रमा नयाँ नयाँ भेरियन्ट देखिँदै गरेको र तीव्र गतिमा खोपको विस्तार बढाउनका लागि भरपर्दो आपूर्तिको अभाव रहेको अवस्थामा पुनः संक्रमण वृद्धि हुने अत्याधिक सम्भावना रहेको बताएका छन्। उनले खोपको मौज्दात भएका देशहरुलाई यथाशक्य चाँडो नेपाललाई खोप उपलब्ध गराउनसमेत अपिल गरेका छन्। यो हाल देखिएको अभावलाई पूर्ति गर्ने तत्कालिक उपाय हुने र कोभ्यासबाट प्राप्त हुने खोपहरुलाई उपलब्ध गराउन प्रयासहरु जारी रहने उनको भनाई छ। नेपालमा संक्रमणदर ३५ प्रतिशत रहेको बताउँदै यो धेरै भएको प्रष्ट्याएका छन्।

संक्रमण ग्रमीण क्षेत्रमा फैलिदै गएको बताउदै उनले नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी चाप भोगिरहेको उल्लेख गरेका छन् । संक्रमितको संख्या वृद्धि हुँदा अत्यावश्यक सामग्री र मानव संशाधनको चरम अभाव भएको पाण्डवको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News