अपडेट 
२०७८ जेष्ठ २१, शुक्रबार ०७:४१

तराईको सबै भन्दा उतर दिशामा शिवालिक पर्वतको फेदबाट ५ कि.मी. चौडाइ भएको पुर्व देखी पश्चिमसम्म फैलिएको क्षेत्रलाई भावर क्षेत्र भनिन्छ । आखिर किन मधेसबासी बेला बेलामा चुरे भावर क्षेत्रको संरक्षणको लागी आन्दोलन गर्छन ।भावर क्षेत्रबाट ६० कि.मी. को दुरीमा बसेको मधेसीले पनि भावर क्षेत्रको संरक्षणको लागी आवाज उठाउछन। खास कारण चाहिँ के हो? किन तराईबासीको लागी जरुरी छ चुरे भावर क्षेत्र ? तराईको भुमि र भावर क्षेत्रबीचको सम्बन्ध के छ? किन हराभरा भावर बिनाको तराई कल्पना गर्न सकिदैन ? हामीसबैलाई थाहा छ , तराईको लागि पानीको स्रोत भनेको उपसतह (क्गदक्गचाबअभ ध्बतभच) को पानी हो । उपसतहमा सतहबाट पानी जान्छ। उपसतहमा पनि पानीका विभिन्न लेयरहरु हुन्छ, जसलाई हामी एक्युफायर भन्छौ। यी एक्युफायर हरुमा भएको पानीलाई हामीले श्यालो तथा डिप ट्युबवेलबाट पानीलाई पम्पिङ्ग गरेर प्रयोगमा ल्याउछौ। यसरी उपसतहको पानीलाई दीर्घकालीनरुपमा प्रयोग गरीराख्नको लागि एक्युफायरलाई रिचार्जगरि राख्नु पर्छ।

जब सतहको पानी उपसतहमा छानिएर जान्छ , त्यसलाई हामी रिचार्ज गरेको भन्छौ। चुरेभावर क्षेत्रको जमिनका दानाहरु ठुला ठुला (ऋयबचकभ न्चबष्ल) भएकोले उक्त क्षेत्रमा भएको सतहको पानी सजिलो उपसतहमा जान्छ। यसरी चुरेको सतहबाट उपसतहमा गएको पानी गुरुत्वाकर्षण बल (न्चबखष्तबतष्यलब िँयचअभ) को कारण चुरे, तराई , बिहार , युपि हुँदै गंगा र ब्रह्मपुत्र नदिमा गई मिसिन्छ। त्यसैले चुरे दोहनले तराई मधेसको पानीको मुहान मात्र सुक्ने होईन , यसले गर्दा तराईको तल्लो तिर रहेको भारतीय भुभागमा पनि पानीको मुहान सुक्नसक्ने संभावना रहेको छ। तसर्थ चुरे दोहनले अन्तर्राष्ट्रिय स्तरमा समेत असर पार्ने भएकोले यसको संरक्षण , सम्बर्द्धन र बिकासको लागि अन्तर्राष्ट्रिय समुदायले पनि समय मै ध्यान दिनु आवश्यक रहेको देखिन्छ । साथै चुरे संरक्षणको लागि अन्तर्राष्ट्रिय स्तरकै संरक्षणसम्बन्धी अभियान चलाउनु पर्ने देखिन्छ । चुरे क्षेत्रको जमिन अयबचकभ नचबष्लभम भएकोले यो क्षेत्रमा परेको पानीले छिटो र प्रचुरमात्रा एक्युफायरलाई रिचार्ज गर्न सक्ने भएकोले चुरेभावर क्षेत्रमा मौसम अनुसारको पर्याप्त बर्षाको हुनु एकदम जरुरी छ। जसको लागि त्यहा भएको बनजङगल , पशुपन्क्षीलाई संरक्षण , सम्बर्द्धन र बिकासको जरुरी छ। तर आर्थिक वर्ष २०७८÷०७९मा चुरेसंरक्षण संबंधित कार्यक्रममा सरकारले ध्यान नदिएको पनि देखिन्छ । यति मात्र होईन यहि असार १७ गते गृहमन्त्रालयले बिज्ञपति जारी गर्दै चुरे क्षेत्रबाट ढुंगा उत्खननको लागि कार्यदेश दिएको छ। उक्त बिज्ञपतिलाई आधार मानी विभिन्न जिल्लाका प्रमुखहरूले चुरे क्षेत्रको ९१ ओटा स्थानबाट ढुंगा गिट्टी निकासीको लागि अनुमति दिईएको छ। यसरी अनुमति दिईएका अधिकांस ठाउहरु स्थायी र अस्थायी नदिहरु पर्दछन। यसरी नदिको स्थीर किनारलाई मासी ढुंगा गिट्टीको उतखन्न कार्यले गर्दा पछि ँबिकज ायियम आउने गर्दछ। तर सरकारले नदिमा भएको ढुंगा मात्र निकासी गर्ने भने पनि वास्तविकतामा चाहिँ नदिको किनारमा रहेको जंगललाई फडानी गरि ढुंगा गिट्टीको उत्खनन कार्य सरकारकै सहयोगमा गरिरहेको छ ।

सरकारले ढुंगा गिट्टीको निर्यात गरि व्यापार घाटा कम गर्ने रणनीतिले चुरे पुर्ण रुपमा नष्ट भैइ , तराई मरुभूमिमा परिणत हुने निश्चित नै छ। सरकारले यो निर्णयलाई सतारुढ दलका मधेसीनेताले सरकारलाई भरपुर साथ दिएको देखिन्छ । हुन त उपसतहलाई रिचार्ज गर्नको लागि मधेसमा भएको बर्षाले नि हुन्थ्यो तर मधेसमा साना–साना दाना( ाष्लभ न्चबष्लभम क्यष् ि) भएको माटो र दिन प्रती दिन बढ्दो सहरीकरणले गर्दा बर्षाको पानी रिचार्ज गर्नको लागि पर्याप्त नहुने देखिन्छ । व्क्ष्ऋब् को रिपोर्ट अनुसार बढदो सहरीकरणको कारणले तराईमा करिब २० लाखको संख्यामा हैण्ड पम्प रहेको छ । जसलाई श्यालो ट्युबवेल भन्छौ। श्यालो ट्युबवेलमा पाइपको साईज १० से.मि. भन्दा कम हुन्छ तर पछिल्ला दिनहरुमा श्यालो ट्युबवेलमा पाईपको साईज १५ से.मि. सम्म प्रयोग गर्ने गरेको देखिन्छ । श्यालो ट्युबवेलले ५० मिटर सम्मको पानी हैण्ड पम्पले तान्न सकिन्छ भने ५० मिटर भन्दा तलको पानी तान्नको लागि डिप ट्युबवेलमा सबमर्शिवल पम्पको प्रयोग गरिन्छ । ५० मिटर गहिराई सम्मको एक्युफरमा आर्सेनिकको मात्रा बढी भएकोले खानेपानीमा प्रयोग गर्न नहुने खालको छ । ५० मिटरसम्मको पानीको लेयरको प्रमुख स्रोत बर्षाको पानी , हैण्ड पम्पबाट निस्केको पानी, तराईमा रहेको पोखरी र तालहरु छन । भन्नुको अर्थ के हो भने , जुन लेयरको पानीलाई रिचार्ज गर्ने सक्ने क्षमता मधेसमा छ , त्यो लेयरमा आर्सेनिक छ। त्यसलाई हामी खानेपानीको रुपमा दीर्घकालीनसम्म प्रयोग गर्न सकिदैनौ।भनेपछि तराईबासिको लागि सुरक्षित खानेपानीको मुहान भनेको ५० मिटर भन्दा तलको पानीको लेयर नै हो ।

५० मिटर भन्दा तलका ेयरमा हानिकारक बायोलोजीलन र केमिकल तत्व नभएकोले खानेपानीको लागि उपयुक्त लेयर हो । तर ५० मिटर भन्दा तलको लेयरको रिचार्जजोन भावर क्षेत्र नै हो ।त्यसैले भोलिको दिनमा तराईलाई मरुभूमि बनाउनबाट जोगाउनको लागीको ढिलाइ नगरी भावर क्षेत्र संरक्षण गर्नु बाहेकको विकल्प नरहेको देखिन्छ । चुरेभावर क्षेत्र तराईको लागि रिचार्ज जोन मात्र नभई तराईलाई बस्न योग्यबनाउने बाताबरणको सिर्जनात्मक पनि हो । चुरे क्षेत्रको बिनासको कारण तराईको तापक्रम दिन प्रति दिन बढ्दै गरेको, साथै बेमौसमी बर्षा र समयसमयमा बाढीको मार समेत खेप्नुपरेको छ। चुरेभावर क्षेत्र तराईको ईकोसिस्टमको महत््वपूर्ण हिस्सा हो। गरम हावा हलुका भई माथी उडेर जान्छ, फेरि त्यही गरम हावा चुरेभावरमा भएको जंगलको सम्पर्कमा आई वोटबिरुवाले फाल्ने अक्सिजनसंग मिक्स हुदा गरम हावामा पुनः अक्सिजनको मात्रा बढछ र फेरि चिसो हावा तराई तिर फर्किन्छ । यसरी चुरेभावरमा भएको बनजंगलले तराईको बढ्दो तापक्रमलाई नियन्त्रण गर्दछ। त्यसै गरि चुरे क्षेत्रको नदीबाट ढुंगा गिट्टीको निकासी गर्दा त्यहा साना साना दाना (ाष्लभ कभमष्mभलत) मात्रा बाकी रहन्छ । बाढीको समयमा यी ाष्लभ कभमष्mभलत हरु पानी सङ्ग बगि तराईको कृषि योग्य जमिनमा गएर थुप्रीन्छ जसले गर्दा कृषियोग्य जमीनको उर्वरा शाक्ती कम हुदै जान्छ ।

त्यसरी नै सिचाइको लागी बनाइएका विभिन्न संरचनाहरुमा पनि यी ाष्लभ कभमष्mभलत हरुको लोड बढदै जान्छ , जसले गर्दा नहरको क्षमता कम हुन्छ , रेगुलेटिङ्ग संरचनाहरु ब्लोक हुने गर्छ। त्यति मात्र कहाँ हो र , नहरबाट खेतमा गएको पानीमा पनि बालुनको मात्र सामान्य भन्दा बढी हुने भएकोले जमिनको उर्वरा शक्ति घटाउनुको साथै ओभर ईरिगेसन हुने संभावना बढी हुन्छ।

राजमार्गिय बिकासको मारमा मधेस

पूर्व पश्चिम राजमार्गले धेरै ठाउमा भावर क्षेत्रभएर गएको हो। रिचार्ज जोनलाई यसरी कन्कृटिङ्ग गरेर राजमार्ग बनाउनु त्यति बेलाको प्रविधि त्रुटि नै हो। तर बर्तमान अवस्थामा पनि भावर क्षेत्रभएर गएको राजमार्गको वरिपरि सहरीकरण गर्न दिनु सरकारको ठुलो लापरबाही देखिन्छ। यी क्षेत्रहरुमा पहिला जंगल फडानी गरि सुकुम्बासी बस्थी बसाउछ्न , त्यसपछि भोटको लोभले तिनीहरुलाई जमीनको लालपुर्जा दिने गरेको देखिन्छ । यसरी नै रिचार्ज क्षेत्रमा सहरीकरण गर्न सरकारले प्रत्येक्ष रुपमा नै सहयोग गरेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News