
धनुषाको मिथिलाबिहारी नगरपालिकामा शुक्रबारदेखि कोभिड–१९ महामारी नियन्त्रण अभियान संचालन गरएको छ ।
नेपाली जनसम्पर्क समिति स्वीडेन र नेपाली काँग्रेस तरूण विभागको सहयोगमा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । मिथिला बिहारी नगरपालिका वाडा नं.३ बाट शुरु भएको जनचेतनामूलक कार्यक्रम नगरपालिकाको सबै वडामा संचालनमा आउने नेपाली काँग्रेस तरूण विभाग प्रदेश २ संयोजक रामपल्टन साहले बताए । नेपाली काँग्रेसका वडासभापति योगेन्द्र मंडलको संयोजकत्वमा भएको सो कार्यक्रममा मिथिला बिहारी न.पा.वाडा नं.३का वाडा अध्यक्ष कृष्ण कु.वसन्त , दलित नेता रामप्रित दास सहयोगी हेल्थ असिस्टेन्ट हरिनारायण मंडल,अनोज दास, सरोज कु.साह,मो. ईमतियाज र सहायकमा दसरथ खतबे,धिरेन्द्र कु. मंडल, राकेश कु. ठाकुर,गुडु झा, तमना राईन,जगमोहन साह, रामअबतार खत्बे लगायतका व्यतिmहरुको सहभागिता रहेको थियो ।
