मनोकामना युवा कमिटिले स्वास्थयकर्मी तथा कोभीड विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
कोरोना महामारीको समयमा निरन्तर अग्रणी मोर्चामा खटेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा कोभीड विरामीहरुको मनोवललाई उच्च पार्नका लागि जनकपुरधाम वार्ड नं ११ अवस्थित कमिटिले फलफुल वितरण गरेको जनाइएको छ ।कमिटिका अध्यक्ष शत्रुधन प्रसाद साह,प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादव र वार्ड नं ११ का अध्यष रामचन्द्र साहको अगुवाई शनिवार विहान प्रादेशीक अस्पताल जनकपुरधाममा फलफुल समाग्री वितरण गरेको कमिटिका अध्यक्ष साहले वताए । कमिटिले जम्मा गरेको आफनो कोषबाट ३४ जना कोभिड विरामी र १६ जना स्वास्थयकर्मीहरुलाई प्रति व्यक्ति २ किलोको दरले फलफुलको समाग्री वितरण गरेको कमिटिका सचिव विष्णु कुमार साहले जानकारि दिए । फलफुल वितरण कार्यक्रममा कमिटिका पदाधीकारीहरुको समेत उपस्थिती रहेको थियो ।


