मधेस र मधेसी नेताहरुले धेरैलाई सत्ताको नेतृत्वमा पु¥याएको इतिहास छ । तर मधेसी नेताहरु जहिले पनि अरुको सारथि मात्र बने। नेतृत्वमा पुग्न लिन कहिले सफल हुन सकेनन् । महेन्द्रनारायण निधिलाई अपवादमा छाड्ने हो भने नेतृत्व लिने दावी र प्रयास समेत गर्न सकेकोदेखिदैन। मधेसी नेताहरु सँधैभरि सत्ताकै वरिपरि घुम्ने गरेका छन्।तर सत्ताको नेतृत्व नै लिन सक्ने क्षमतालाई बिर्सेका छन्।मधेस केन्द्रित दलका नेताहरुको त देशव्यापी सञ्जाल नहुने भएकोले सत्ताको नेतृत्वमा पुग्ने संभवना यसै पनि कमजोर हुने नै भयो। चाहे ठुला तीन दलमा क्रियाशील मधेसी नेताहरु केही अपवादबाहेकनेतृत्वमा हस्तक्षेप गर्ने अवाथामा पुगेका छैनन्। नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिलाई अपवाद मान्ने हो भने कुनै पनि ठुला पार्टीका कुनै पनि मधेसी नेताहरुले पार्टीको निति निर्माण तहमा प्रभावशाली भुमिका निर्वाह गर्न सकेको देखिन्न। मधेसी नेताहरुले जे जति फुर्ति लगाएर हिडे पनि उनीहरुले आफ्नो पहिचान मधेसको नेता भन्दा विस्तार गर्न नसकेका तथ्य स्विकार गर्न बाध्य नै छन्।पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रका कारण सत्ताको नेतृत्व लिन सक्ने अवसर मधेसले पाएको थियो। तरसत्ताको साँचोलाई आफ्नो पक्षमा सदुपयोग गर्न जसपा आफैँ एकढिक्का भएर अगाडी बढन सकेन।
अवसरलाई सदुपयोग गर्नजसपा आफै एकढिक्का भएर अगाडी बढन सकेन। ०१५ सालदेखि नै मधेसकेन्द्रीत राजनीति सुरु भएको हो। रामजनम तिवारी, रघुनाथ ठाकुर, गजेन्द्रनारायण सिंहहरुले नै मधेसको समस्या र मुद्दाको उठान गर्न सुरु गरेका हुन्। त्यसबेलादेखि नै मधेसको मुद्दा उठदै आएकोभएपनि नेतृत्व स्थापित हुन नसकेको कारण मधेसको मुद्दा स्थापित हुन सकेको थिएन। ६२÷ ६३ को जनआन्दोलन भएको केहि समयमै मधेसमा आन्दोलन भयो। मधेस आन्दोलनले मधेसको मुद्दा स्थापित ग¥यो।मधेसी जनता आफ्ना राजनीतिक अधिकार प्राप्त गर्न राजनीतिक बहस र आन्दोलनलाई ब्यापक रुपमा अगाडी बढाए।नेपालले गणतन्त्रको अभ्यास गर्न सुरु गरेकोएक दशककै अब्धिमा मधेसमा ३ वटा आन्दोलन भयो। मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले मदेसकेन्द्रित दलहरुसँग २२ बुँदे र ८ बुँदे सम्झौता गरेको थियो। मधेसको लगभग सबै मुद्दा २२ बुँदे र ८ बुँदे सम्झौताकोसमेटिएको छ। सम्झौता कार्यवन्यन गराउने विषय मधेसकेन्द्रित दलहरुको लागि सत्तामा जाने भ¥याङ मात्र बन्दै आएको छ। तर सम्झौताको पुर्ण कार्यवन्यन अहिलेसम्म भएको छैन। २०६३ साल माघ १ गते अन्तरिम संविधान जारि भयो। आन्दोलनको तयारिमा रहेको फोरम नेपालले उपेन्द्र यादवको नेतृत्वमा भोलिपल्ट काठमाडौंको माईतिघरमा अन्तरिम संविधान जलायो।अन्रिम संविधान जलाएर फोरमले संविधानप्रति मधेसको असन्तुष्टि रहेको सन्देस दिन र मधेसमा आन्दोलनको आधार तयार पार्न सफल भयो। सँगै मधेस मुद्दाको नेतृत्व गर्दै मधेसलाई आन्दोलनमा लान सफल भयो।
पहिलो मधेस आन्दोलन पश्चात २०६४ साल मंसिरमा मात्र महन्थ ठाकुरले नेपाली काँग्रेसको केन्द्रिय कोषाध्यक्ष र नेपाल सरकारको मन्त्री पद त्याग गर्दै मधेसकेन्द्रित राजनीतिमा सक्रिय भए। अन्तरिम संविधान संशोधन गरेर मधेसको असन्तुष्टीलाई समेटन काँग्रेस सहमत नभएको कारण काँग्रेसछोडेको ठाकुरले बताएका थिए। तर कारण त्यति मात्र थिएन कारण अर्को पनि थियो। काँग्रेसमा ठाकुरभन्दा बढी हावि हुने क्रममा मधेसबाटै प्रतिनिधित्व गर्ने डा.रामवरण यादव थिए। काँग्रेसमा यादवको बढदै गरेको प्रभावका कारण काँग्रेसमा आफु छायामा पर्न सक्ने देखेर पनि ठाकुर काँग्रेसबाट अलग हुने निर्णयमा पुगेका थिए।ठाकुर २०६४ साल माघ ६ मा मधेस आन्दोलनमा जोडिए। उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टि को संयुक्त मधेसी मोर्चामा महन्थ ठाकुर नेतृत्वको तमलोपा पनि सहभागि भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गठन भयो। मोर्चाको अब्हानमा २०६४ फाल्गुण १ गतेदेखि अनिश्चितकालीन दोस्रो मधेस आन्दोलन सुरु भयो। आन्दोलन सुरु भएको १६ औं दिनमा अर्थात फाल्गुण १६ मा नेपाल सरकार र मोर्चाबिच ८ बुँदे सहमति भयो । अनि मात्र संविधानसभाको निर्वाचन हुने वतावरण मधेसमा बन्यो र निर्वाचन भयो। आन्दोलन सहमतिमा टुगिंएसँगै मोर्चामा सहभागि तिन दलले पनि सहकार्यको यात्रालाई टुगांएर अलग भए। काँग्रेस छोडेर विजय गच्छदार र जय प्रकाश गुप्ताको समुह पनि मधेस केन्द्रित राजनीतिमा सक्रिय भए। ठाकुरले आफ्ना पुरानो काँग्रेसी साथीहरुलाई आफ्नो नेतृत्वको तमलोपामा ल्याउन सकेन। उनीहरु उपेन्द्र नेतृत्वको फोरममा प्रवेश गरे। ठकुर काँग्रेसबाट लगातार ३ वटा निर्वाचनमा सर्लाहीबाट विजय प्राप्त गर्दै आएका थिए ।
२०६४ को संविधानसभाको निर्वाचनमा आफ्नै नेतृत्वको तमलोपाबाट उम्मेदवारी दिएका ठाकुर सर्लाहीबाटै पराजयको सामना गर्नु प¥यो। पछि मन्त्रिपरिषदबाट मनोनित भएर संविधानसभामा गएका थिए। २०७० सालको संविधानसभाको निरवाचनमा पनि ठाकुर निर्वाचित हुन सकेनन। अहिले विघटन भएको संसदमा निर्वाचित हुन ठाकुरलाई आफु जन्मेको जिल्ला महोत्तरीको निर्वाचन क्षेत्रमा जानु प¥यो। कर्मथलो सर्लाहीबाट जित्न सक्ने संकेत नदेखेका ठाकुर निर्वाचन लड्नैका लागि आफ्नो जन्मथलो महोत्तरी फर्किए । हाल ६९ वसन्त पार गरि सकेका ठाकुरको जन्म वि. सं. २००८ साल फाल्गुण १० गते महोत्तरीको पिपरा गाउँपालिका स्थित एकरहियामा भएको हो। ठाकुरले २०१६ सालमा नै विद्यार्थी राजनीति सुरु गरे। उनी विद्यार्थीकालमा २०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको कु विरुद्धको आन्दोलनमा पक्राउ परे। त्यतिवेला ठाकुरमाथि राजकाजको मुद्दा लगाईएको थियो। उनले जेलबाटै स्नाकोत्तरसम्मको अध्ययन गरे।उनी विभिन्न ठाउँमा प्राध्यापन गराउनेसँगै ०२ ९ सालदेखि काँग्रेसको सदस्यता लिएर राजनीतिमा पनि सक्रिय थिए । पछि कानुन व्यवसायीका रुपमा सर्लाही छिरेका ठाकुर राजनीतिमा पनि सकृय भए। सर्लाहीलाई नै कर्मथलो बनाए र सर्लाहीबाटै नेता भए। ठाकुरकोक्रान्तिकारीछवि रहेका छन्। उनी शलिन र स्थिर स्वभाका हुन्। कम बोल्ने र हरेक कुरालाई गम्भिरतापुर्वक लिने ठाकुरको स्वभाव रहेका छन्। काँग्रेसमा रहँदा ठाकुर काँग्रेस सभापति स्व. गिरिजा प्रसाद कोईरलाका विश्वासपात्र र प्रियपात्रको छबि बनाएका थिए।
०४८ सालमा उपसभमुख र काँग्रेस नछाडदासम्म लगातार सांसद र मन्त्री भईरहँदा पनि ठाकुरले आफ्नो छबिमा दाग लाग्न दिएनन्। काँग्रेसमा पनि अग्रपंक्तिकै नेता रहेका ठाकुर मधेस केन्द्रित दलको नेतृत्वनै गर्ने अवसर हालसम्म नै पाएका छन्। गत ५ पुसमा विघटन भएको संसद फाल्गुण ११ गते पुर्स्थापना भएसँगै जसपा विपक्षी गठबन्धनमा सहभागि भएर ओलीको विकल्पमा सरकार बनाउने र संसदलाई निकास दिने आँकलन गरिएको थियो। तर जसपाभित्र विवाद सुरु भयो। संसद विघटनको बिरोध गर्दै प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्ने जसपाको ठाकुर र महतो समुह संसद विघटन गर्ने उनै प्रधानमन्त्री ओलीसँग नजिकिए । तुलनात्मकरुपमा मधेसलाई अलि बढी उपेक्षा गर्ने नेताको आरोप लाग्ने गरेका उनै ओलीसँग ठाकुर महतो समुहको उठबस बाक्लिन थाल्यो। जसपाको ठाकुर महतो समुह कार्यदल नै गठन गरि ओलीसँगको सहकार्यको रुपरेखा कोर्न सकृय भए। जसपाकै यादव भट्टराई समुह विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनाउन प्रयास गर्न सकृय भए। जसपाले विवादकै कारण औपचारिक निर्णय लिन सकेन। जसपाको अनिर्णयका कारण पनि सत्तापक्ष र विपक्ष कसैले बहुमत पु¥याउन सकेनन्।यससँगै जसपाको पनि बिभाजनको दिन गिन्ती सुरु भयो । बाध्यताले एक हुन पुगेको जसपा पनि नामकै लागि एक छ। मधेस केन्द्रीत दलको विवाद सतहमा हेर्दा मधेसका मुद्दाहरुमा केन्द्रीत रहेको देखिन्छ। तर गहरिएर हेर्दा सत्ता केन्द्रीत देखिन्छ।
जसपाले पनि नेतृत्वको लागि दावी गर्ने चर्चा पनि चल्यो। तर जसपाले नेतृत्व पाए भाबी प्रधानमन्त्रीको रुपमा हेरिएका महन्थ ठाकुर नै अहिले ओलीको प्रतिगामि कदमाको साक्षी बसेका छन्। ठाकुरको औपचारिक सहयोग पाएका कारण पनि ओलीलाई दोस्रो पटक संसद विघटन गर्न सहज भयो। संसद विघटनको मुद्दा फेरि सम्मानित सर्चोच्च अदालतमा पुगेको छ। मुद्दाको टुगों अदालतको फैसलाबाटै हुनेछ। तर ठाकुरले आफ्नो निष्ठाको राजनीति र संघियता सहितको गणतन्त्रको प्राथमिकतालाई दाउमा राखेका छन्। ६४ सालमा काँग्रेस नछाडेको भए गणतन्त्र नेपालको प्रथम राष्ट्रपति ठाकुर नै हुनेथिए पनि भनिन्छ। काँग्रेसमा ठाकुर जति अवसर पाउने नेताहरु कमै छन्। उदाहरणका लागि ठाकुर काँग्रेसको सामान्य कार्यकर्ता रहँदै गर्दा बिमलेन्द्र निधि नेविसंघको अध्यक्ष भइसकेका थिए। महेन्द्रनारायण निधि त ०१५ सालमै उपसभामुख भइसकेका थिए। बिपीलाई समेत प्रभावमा पार्न सक्ने उचाई र क्षमता महेन्द्रनारायण निधिको थियो तर गिरिजाप्रसादको रोजाइमा ठाकुर पर्दै आए। काँग्रेसबाट अलग भई मधेस केन्द्रित राजनीतीमा लागेका ठाकुर लगातार दुई पटक निर्वाचनमा पराजित भए। तेस्रोपटक निर्वाचन जित्न काँग्रेसकै सहयोग लिनुप¥यो। अहिले ओलीको पछि लागेर काँग्रेसलाई नचिढयाएको भए ठाकुर प्रधानमन्त्री बन्ने संभवना थियो । वैशाख २७ संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि संसदमा बोल्दै ठाकुरले जुन रुपमा ओलीकोप्रशंसा गरे, सुन्नेहरुले समेत लाजले शिर निहु¥याएका थिए। भएको मतदानमाठाकुर महतो समुह तटस्थ बसेका थिए भने यादव भट्टरटई समुह प्रस्तावको विपक्षमा मतदान गरेका थिए। जसपा अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवसँग सहमति गरेर जसपा एक रहेको संकेत दिए।
त्यो सहमति दुई दिन पनि कायम रहन सकेन। ठाकुर महतो समुहले ओलीलाई औपचारिक रुपमा समर्थन दिए। आफ्नै नेतृत्वको सरकार बनाउने सहमति विपरित ठाकुर महतो ओलीको पक्षमा उभिए । संसदिय दलमा बहुमतमा रहेका ठाकुर र कार्यकारणी समितिमा बहुमतमा रहेका यादव अहिले स्पष्टिकरण स्पष्टिकारण खेल्दै छन्। जसपाको औपचारिक विभाजन पश्चात मात्र यो खेलको समापन हुनेछ । विगतमा एक चौथाई र त्यसपछि दुई तिहाई बहुमतको प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीबाट प्रयास नभएको ठहर सहित तत्कालिन राजपाले सरकारलाई दिएको समर्थन झिकेका ठाकुर महतो नै उनै ओलीले अहिले अल्पमतमा परेपछि मधेसको मुद्दा सम्बोधन गर्न तयार रहेको ओलीको भनाईलाई सबभन्दा बढी विश्वास गरेका छन्। सरकारले नागरिकता सम्बन्धि अध्यादेश ल्याएर ठाकुर महतो समुहलाई सरकारमा सहभागि हुने वतावरण बनाउन खोजेको छ। नागरिकता समस्या समाधान हुनै पर्छ। यसमा सबै दल सहमत हुनै पर्छ। यो अध्यादेश कार्यवन्यन हुने नहुने कुनै टुंगो नै छैन ।


