२०७८ जेष्ठ २३, आईतवार ०८:२६

सत्ता समिकरण परिवर्तन संगै फटहा र अपराधि प्रवृतिका व्यक्तिहरुको हालमोहाल हुन थालेका छन् । आफ्नौ हैसियत के छ, आफु कुन प्रवृतिवाट आएको हो बुझ्नु भन्दा बढी अरुमाथि लालक्षना लगाई आफुलाई चोखो हुने प्रवृति दिनप्रतिदिन बढ्नु भावि सन्ततिकोलागि उपयुक्त र न्यायोचित नहुने मलई लाग्दछ । भावी पुस्तालाई हामी कुन बाटोमा डोर्याई रहेका छौं त्यो सायद अहिले बुझ्न नसक्नु र भविष्यमा गएर पच्छताउनुपर्ने समय आउन सक्ने छ । हामी जुन समाजमा जन्मेका छौं त्यो समाज संस्कार सिकाउने र संस्कारी बनाउने समाज हो । समाजले नै मान्छेको प्रवृति निर्धाण गर्ने गरेका कारण जुन समाजवाट मान्छे आउँछ त्यो समाजको प्रवृति देखाईनै दिन्छ । आमा बुवाले जति राम्रो सोचेपनि समाजिक स्ट्रक्चर भने ती व्यक्तिको पहिचान बनाउन भने महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । उपेन्द्र यादव किसानको छोरा हो, किसानको अधिकारकोलागि लडाइ लडन् मसिहा हो । उनी मधेश आन्दोलननै शोषित, पीडित, अप्हेलित, अधिकारवाट बञ्चित भएकाहरुकोलागि गर्ने हो ।

उनमा अपराधिक गतिविधि छैन्, उनमा अरजकता छ्रन् तर, जो १४ बर्ष हत्याको आरोपमा जेल काटेर प्रजातान्त्रिक आन्दोलन गरेको भन्दै ठूल ठूला गफ दिने गरेका छन् त्यसले आफ्नो जस्तो अपराधिक प्रवृतिलाईनै रोज्नु नौलो र अनौठो कुरा होइन् । हामी युवाको नेतृत्व गरि रहेको र केपी ओलीको बारेमा टिप्पणी गर्नु उपयुक्त नहुनु र गैर राजनीतिक चरित्र नै हुने छ । आफ्नो हैसियत विर्सेर कसैमाथि लालक्षना लगाउनु र हैसियत भन्दा माथि गएर बोल्नु समाजकै दोस रहेको भन्न सकिन्छ । हावापानी र हुर्केको समाजलेनै यस्ता यस्ता अपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई मत दिएर जिताउनुनै ती समाजकालागि दुःखद छ । युवा संघका इन्चार्ज महेश बस्नेतले एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा भने–‘ सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा रक्षा र अर्का नेता महेन्द्र राय यादवलाई सशक्त मन्त्रालय दिएर सरकारमा सहभागी गराउन रातिराति बालुवाटारमा प्रतिनिधि पठाउने गरेको छ ।’ यस्ता यस्ता गैर राजनीतिक व्यक्ति जो नेता संसदमा गएर तपाईलाई मत नदिने, हामी बैकल्पिक सरकारको तयारीमा लागेको स्पष्ट पारेका थिए, त्यो नेता प्रतिनिधि पठाएर सरकारमा जाने कुरा गर्नु मुर्खतापूर्ण अभिव्यक्ति नरहेको कसरी भनु ? यस्ता यस्ता दलाल, चाकरीकर्ता र ओली गुनगानमा मस्त रहनेहरु अरुलाई बदनाम गरि आफुलाई मिडियामा राख्नु सिवाय अरु केहि ेइन् ।

राजनीतिमा मुद्दा महत्वपूर्ण हुन्छ । हामी मुद्दाको लडाई लडि रहेको पार्टीको सिपाही हो । तर, जुन पार्टीले मधेशीलाईनै गाली गर्नु राष्ट्रवाद बुझ्छ त्यस्ता संग के को अपेक्षा राख्न सकिन्छ । मधेशको माग, मधेशको मुद्दा प्रति उपेन्द्र यादव हिजो पनि कटिवद्ध छ, आज पनि छ र भोली पनि रहि रहनेछ । महेश बस्नेत जस्तो अपराधि र फटहाको कुरामा नलाग्नुनै बेस हुन्छ । ओली नेतृत्वको प्रतिगमनकारी सरकारले वर्तमान संविधान र संघीय व्यवस्था नै खारेज गर्ने डिजाइनमा अग्रसर भइरहेकाले उनी नेतृत्वको सरकारमा सहभागी हुन जसपा अध्यक्ष यादवले कुनै पहल नगरेको म ठोकेरनै भन्न सक्छु । प्रतिगमनको विरुद्ध जोडदार अवाज उठाएर मधेशको अधिकार सुनिश्चितता गर्नुनै उपेन्द्र यादवको उद्देश्य हो र यसमा हामी जस्ता युवाहरु उनको साथमा छौं । एमाले नेता बस्नेतले अध्यक्षलाई बदनाम गर्न गलत अफवाह फैलाउने प्रयास गरेको र अध्यक्ष यादवबारे टिप्पणी गर्ने उनको हैसियत नै नरहेको कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ । ‘महेश बस्नेत अलि बढी बोलेका छन् । उनी राजीतिक रुपमा फटहा कुरा गर्न मात्र जानेका छन । अपराधी र फटहागिरी चरित्र भएका पात्र हुन् उनी ।

वहाँको औकाद हामी सरहको हो उपेन्द्र यादव सरहको होइन् । एमालेका युवा संघको अध्यक्ष हुँदा आफुपनि मधेसी जनअधिकार फोरको युवा संघको अध्यक्ष रहेर उनीसित समकक्षी भएर काम गरेको र विगतमा समेत नेता बस्नेतले फट्याई कुरा गर्ने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News