अपडेट 
२०७८ जेष्ठ २४, सोमबार ०७:३९

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले अति प्रभावित क्षेत्रहरु मध्ये यातायात व्यवसाय पनि एक हो ।

कोरोनाको कारण बस व्यवसायीहरु सबभन्दा बढि प्रभावित भएका छन् । बैकबाट लाखौ रुपैयाँ ऋणमा लिएर खरिद गरेका बस सञ्चालकहरु यति वेला बिच्चलीमा परेका छन् । गत वर्ष ७ महिना थन्किएर असोज १ गतेबाट गाडी चले पनि तीन महिना इन्धन राख्ने भाडा समेत उठेन । पुस लागेपछि केही ‘ट्रयाक’मा आएको यातायात क्षेत्र फेरि कोरोनाको दोस्रो लहरले ठप्प भएपछि बस व्यवसायीहरुको उठिवास हुन थालेको छ । साविकमा जनकपुर अञ्चल बस व्यवसायी संघको नाम अहिले माँ जानकी जनकपुरधाम यातायात प्रालि भएको छ । प्रालिसँग झण्डै एक हजार बस आवद्ध रहेको छ । कोरोनाको लहरमा सबै बस अहिले बस पार्क, सडक पेटी वा बस धनिको घरको अगाडी थन्किएको छ । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले भने,‘ कोरोना महामारी र राज्यको उदासिनताको कारण बस व्यवसायीहरु बर्बाद भएका छन् । बैंकको ब्याज तथा घर परिवार चलाउन पनि व्यवसायीहरुलाई समस्या भएको छ ।’ ‘गत वर्ष ७ महिना गाडी पूर्ण रूपमा थन्किए । अहिले फेरि कति थन्किने हो, थाहा छैन, बस व्यवसायीको कारोवार चौपट भएको छ,’उनले भने ।

लामो समय एकै ठाउँमा थन्क्यााएर राख्नुपर्दा गाडी पनि बिग्रिन थालेको व्यवसायीहरु बताउँछन् । गत वर्ष लामो समय बसलाई थन्काएर राख्दा टायर, बैट्री लगायतका समानहरु फेरेपछि मात्रै सञ्चालन ल्याएका थियौ, एक अर्का बस व्यवसायीले भने,‘ फेरि कोरोनाको दोस्रो लहर सुरु भएदेखि थन्काएर राख्नुपरेको छ, लकडाउन लामो रहयो भने फेरि विगत जस्तै सबै समान फेर्नुपर्छ ।’ मालबाहक गाडीहरू फाटफुट चलेपनि सबैभन्दा बढी मारमा ‘पब्लिक वेहिकल’ रहेको उनले बताए । अहिले अवस्था संकटकाल भन्दा पनि आफुहरुको लागि दुःखद रहेको अध्यक्ष चौधरीले बताए । गाडीमै पूर्ण रूपमा आश्रित परिवार उठ्न नसक्ने गरी थला परेको छ, उनले भने,‘ राज्यबाट हामीलाई कुनै सहयोग हुदैन । कुनै पार्टीको आन्दोलनमा पनि पहिलो निसानामा यातायात क्षेत्र रहन्छ, तरपनि यसमा कुनै पक्षको सहयोग हुदैन ।’ गत वर्ष सार्वजनिक यातायातलाई सामान्य बनाउन भन्दै सरकारले कर्जामा २ प्रतिशत घटाउँदै १० प्रतिशतभन्दा बढी ब्याज नलिन बैंकहरूलाई निर्देशन दिएको थियो । तर, सरकारले निर्देशन दिए पनि बैंकहरूले त्यसको सुनुवाइ नगरी ब्याजदरमा छुट नदिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News