२०७८ जेष्ठ २४, सोमबार ०७:४८

जनकपुरधाम ।प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी( जसपा) संसदीय दलको नेतामा लालबाबु राउतलाई समर्थन गर्ने सभासदहरुमा पूर्व समाजवादी पार्टीका ३० र पूर्व राजपाका ५ गरी ३५ जना सभासदले समर्थन गरेका छन् ।

राउतलाई समर्थन गर्नेमा रामअशिष यादव पहिलो सभासद हुन् ।हस्ताक्षरको उनले नै सुरुवात गरे । राउतको पक्षमा हस्ताक्षर गर्ने पूर्व समाजवादी पार्टी(सपा) का सभासदहरुमा अव्दुल रहिम अन्सारी ,अभिषेक यादव ,अशोककुमार यादव ,उपमाकुमारी देव, उषाकुमारी यादव, करीमा बेगम, किरणकुमारी राय, कौशलकुमार यादव ,चमेली देवी दास ,जन्नत अन्सारी, प्रह्लाद गिरी गोष्वामी, बच्चा राउत अहिर, भिमा यादव, योगेन्द्रराय यादव, रागनीदेवी बरनवाल, रामअशिष यादव र रामकिशोर प्रसाद यादव रहेका छन् । त्यसैगरि सपाकै मो.लालबाबु राउत, विजयकुमार यादव, शैलेन्द्रकुमार यादव, शैलेन्द्रकुमार साह, सञ्चमाया मोक्तान, सञ्जयकुमार यादव, सरोजकुमार सिंह, शारदाशंकर प्रसाद कलवार, सुनिता देवी मोची, सिंहासन साह कलवार, ज्ञानेन्द्रकुमार यादव, पारस साह, शेष अव्दुल कलाम अजाद (स्वतन्त्र)लेपनि उनलाई समर्थन गरेका छन् ।

पूर्व राजपाबाट नवल किशोर साह सुडी, रामनरेश राय यादव , रानी तिवारी ,डा. रिना यादव र डा.अञ्जु कुमारी यादव रहेका छन् । उनीहरु महन्थ–महतो समुहबाट यादव समुहमा मिलेका छन् ।

Comment


Related News

Latest News

Trending News