अपडेट 
२०७८ जेष्ठ २४, सोमबार १२:२८

धनुषामा जारी निषेधाज्ञा ७ दिन थप गरिएको छ ।

आज राती १२ बाट ७ दिनका लागी निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभिड नियन्त्रण तथा सुरक्षा समितीको आज बसेको बैठकबाट, जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि हाल संक्रमणको चुनौति कायमै रहेकाले थप ७ दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको छ । साथै नेपाल रेडक्रस सोसाईटी, प्रदेश नं. २ बिरगंजबाट जिल्ला कोभिड नियन्त्रण समितिलाई २० हजार थान मास्क, ५० थान पिपिई, ३ थान अक्सिजन कन्सनट्र्टर प्रदान गरेकोमा ,उक्त सामग्रीहरु गरीब विपन्न समुदायलाई केन्द्रित गरी स्थानीय तहहरुमा आवश्यकताको आधारमा पठाईने निर्णय गरिएको छ ।

 

Comment


Related News

Latest News

Trending News