अपडेट 
२०७८ जेष्ठ २५, मंगलवार ०७:२६

आज प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश-१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

आज निरन्तर लामो समय पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन । तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको तापक्रम झण्डै ४० डिग्री सेल्सियसमा पुग्यो भने नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका ठाउँमा पनि तापक्रम ३८ डिग्री भन्दा उकालो लागेको थियो । आज पनि तापक्रम हिजोको जस्तै रहेर गर्मी कायमै रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News