२०७८ जेष्ठ २५, मंगलवार ०८:००

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)संसदीय दलको बिधान सहित दलको नेता र सचेतक चयन गरिएको पत्र सोमवार प्रदेश सभामा दर्ता गरिएको छ । जसपाका मुख्य सचेतक बनेका शैलेन्द्र यादवले बिधान र पत्र दर्ता गरिएको बताए ।‘प्रदेश सभाले माग गरे अनुसार सभासदहरुको हस्ताक्षर सहितको माइन्युटपनि उपलब्ध गराउने छु’ उनले भने, बहुमत सदस्यहरुले गरेका निर्णयबाट बिधान पारित भएको र दलको नेता चयन भएका हुन् । जसपाको मुख्य सचेतकमा यादव एकजना मात्र अब कायम रहेकाले त्यै पदको सुबिधा लिइरहेका परमेश्वर साह भने अब सो सुबिधाबाट बञ्चित हुने भएका छन् ।संभवतः उनलाई मंगलवार मुख्य सचेतकको सुबिधा खोसिएको जानकारी दिइनेछ । दलमा नै बिरोध साम्य नभएको कारण हस्ताक्षर दर्ता नभएको बताइएको छ ।फेरी दलका नेत ाचयन भएका मो.लालबाबु राउतसित असन्तुष्ट रहेका केहि सभासदहरुले हस्ताक्षर गरेका छैनन् । आइतवार राती मन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले सोमवार बिहान बोलाएको पूर्व राजपाका सभासदहरुको बैठकमा १२ जना मात्र उपस्थित भएका थिए ।सभामुख बाहेक २४ जना रहेको पूर्ब राजपाका सभासदहरु मध्ये ५ जना जसपा अध्यक्ष उपेन्द्र यादवको समुहमा प्रवेश गरिसकेका छन् ।७ जना असन्तुष्ट सभासद मध्ये ५ जना काठमाण्डुमा , बाबुलाल साह र नेत्रबिक्रम साह प्रदेशमै रहेपनि बैठकमा सहभागिता जनाएनन् ।सोनल नेतृत्वको समुहले दिनभरि प्रदेश सभामै छलफल गरेपनि प्रदेश सभाको बैठकमा सहभागि भएनन् ।

‘पूर्व सपाले गरेको कार्य अलोकतान्त्रिक रहेकाले त्यसबारेमा हामी छलफल गरेका हौं ’असन्तुष्ट समुहका सभासद परमेश्वर साहले भने, अहिले कुनै ठोस निर्णय लिनु भन्दा केन्द्रिय निर्देशनको प्रतिक्षामा रहेका छौ । अल्पसंख्यामा परेका महन्थ ठाकुर–राजेन्द्र महतो समुहले व्हिप उल्लंघन गरे कार्वाहीमा पर्ने छन् ।‘प्रदेश सभामा हाल जनता समाजवादी पार्टी( जसपा) मात्र कायम रहेको छ ’प्रदेश सभाका सभामुख सरोज कुमार यादवले भने, दलको बिधान अनुसार व्हिप लगाएको जानकारी गराइए त्यसको उल्लंघन गर्ने सभासद कार्वाहीमा पर्नेछन् । सरकारले २७ गते नीति तथा कार्यक्रम र १ गते बजेट ल्याउने छ ।नीति तथा कार्यक्रम र बजेटमाथिको मतदानमा व्हिप लगाइने भएकाले असन्तुष्ट सभासदहरु समेतले सरकारको पक्षमा भोट गर्नुपर्नेछ । यसैबीच नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन दिनभरि नै छलफल चलेको छ ।काँग्रेसले ३ र माओवादीले २ मन्त्रालय सहित त्यसमा राज्यमन्त्री समेत माग गरेकाले सत्तारुढ दललाइ मिलाउन सकस भएको छ ।काँग्रेस र माओवादीका लागि मन्त्रालयको व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रीहरु नवलकिसोर साह, रामनरेश यादव र शैलेन्द्र साहलाई दिएकोछ ।उनीहरु मन्त्रालय टुक्रयाउन दिने सुझाव अनुसार मन्त्रालयको संख्या थप हुनेछ ।

Comment


Related News

Latest News

Trending News