२०७८ जेष्ठ २६, बुधबार १३:१८

रौतहटमा जेठ ३१  गते रातिसम्म का लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ  ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न  बैठकले आज राती १२ बजेदेखि लागू हुने  गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम रहेकाले निषेधाज्ञालाई  निरन्तरता दिइएको जानकारी दिए । निषेधाज्ञा अवधिमा  बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल, तरकारीका पसलहरु हप्ताको ४ दिन (आइतवार, मंगलवार, बिहीवार र शुक्रवार मात्र सञ्चालन गर्न पाइने जनाइएको त्यस्तै होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न पाउने जनाइएको छ । अत्यावश्यक सूचीमा रहेका एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई भने सञ्चालन गर्न अनुमति दिइनेछ ।त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  जीमखाना,पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिईएको यादवले बताए  ।

सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा बाहेकका काम कार्यालयले आलोपालो गरी सुचारु गर्ने भनिएको छ ।   विवाहमा बढीमा १५ जना जन्ती जान पाइने र दुईवटा गाडी प्रयोग गर्न पाइनेछ ।

Comment


Related News

Latest News

Trending News