धनुषाको क्षीरेश्वरनाथ नगरपालिका द्धारा विभिन्न चरणमा वडाहरुमा गरिएको पि.सि.आर. चेकबाट पोजेटिभ आएकाहरुलाई निःशुल्क औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोणा भाइरस रोकथामका लागी क्षीरेश्वरनाथ नगरपालिका जेष्ठ १९, २१ र २४ गते विभिन्न चरणमा वडा नम्बर ३,४,५,६,७,८ र ९ मा गरिएको निःशुल्क पि.सि.आर. चेकबाट पोजेटिभ रिपोर्ट आएकाहरुलाई घरमै पुगेर औषधी, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । साथै क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार नगर भित्र पोजेटिभ रिपोर्ट आएकाहरुलाई स्वास्थ्य लाभका कामना गर्दै यस्तो प्रस्थितीमा सम्पुर्ण नगरबासीलाई स्वास्थ्य मापदण्डको अनुवार्य रुपमा पालना गर्न र कुनैपनि समस्या आयो भने समयमै आफनो वडाभित्र रहेको स्वास्थ्य शाखामा जनकारी गराई दिएको परामर्श अनुसार औषधी प्रयोग गर्न आग्रह गरे ।


