अपडेट 
२०७८ जेष्ठ २७, बिहीबार ०८:०१

कलैया । निजगढका मेयर सुरेश कुमार खनालले निजगढको रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहित विभिन्न उपकरणहरु वितरण गरेका छन् ।

उनले अक्सिजन कन्सनट्रेटर, स्यानिटाईजर, मास्क, अक्सीमिटर वितरण गरेका हुन् । वडा नम्बर ११ का वडाध्यक्ष प्रेम बहादुर रुम्बा र स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक दिनेश परियारलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । नेपाल चिकित्सक संघको सहयोगमा प्राप्त १ थान अक्सीजन कन्सनट्रेटर,५ थान अक्सीमीटर, ५ हजार थान सर्जिकल मास्क र १० लिटर स्यानिटाईजर स्वास्थ्य चौकीलाई वितरण गरिएको थियो । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको लागी नगर प्रमुखको हैसियतले नगरपालिका मार्फत विभिन्न योजनाबद्ध कामहरु गर्दै आएको भएपनि व्यक्तिगत तर्फबाट पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागी आफुले पहल गरेको मेयर खनालले बताए । यसैबिच मंगलबार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकीले पनि रतनपुर स्वास्थ्य चौकीलाई बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री र औषधिहरु वितरण गरेका थिए । नेता बुढाथोकील बिरगंजका पशुपती खन्डेवालबाट प्राप्त बिभिन्न स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानिटाईजर र बिभिन्न औषधिहरु वितरण गरे । नेता बुढाथोकीले यसअघि पुरानो निजगढस्थित स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री र उपकरणहरु वितरण गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि निजगढ नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाईजर लगायतको स्वास्थ्य समाग्री र उपकरणहरु वितरण गरेका हुन । नेपाली कांग्रेसका नेता रमेश दंगालले एक थान अक्सीजन कन्सनट्रेटर वितरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News