अपडेट 
२०७८ जेष्ठ २७, बिहीबार ०८:०७

१. परिचय :
नेपाल प्राकृतिक रूपले तीन भागमा विभाजित छन् । भूवनौटले यी तीनै भाग एक अर्कासँग अन्तरसम्बन्धित रहेका छन् । तराई क्षेत्रको उत्तरी भाग नेपालको होचो पहाडी श्रृंखलालाई चुरे क्षेत्रको रूपमा जानिन्छ । यो क्षेत्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३७ जिल्लालाई छोएको छ । नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भाग चुरेले ओगटेको छ । चुरे श्रृंखला देखि दक्षिण भागलाई चुरे, दून, भावर र तराई गरी चार भागमा बाँटिएका छन् । चुरे क्षेत्र र तराई प्रदेश गरी नेपालको ६० प्रतिशत जनसंख्या यस क्षेत्रमा बसोवास गर्छन । चुरेको दोहनले नेपालको सबै क्षेत्रलाई प्रभावित गरिरहेछ । हुन सक्छ शुरुमा यसको प्रभाव अलि कम देखिएको थियो होला तर हाल त यसको प्रभावले समग्रतामा देखाउन थालेको छ । मानिसहरू जलवायु परिवर्तनसम्मको प्रभाव सोझै अनुभव गर्न थालेका छन् । यसले गर्दा भविष्यमा यसको अवस्था कति भयानक हुने हो, सबैको लागि सोचनीय विषय रहेको छ ।

२. यसको ऐतिहासिक अवस्था :
नेपालको तीन भाग मध्ये चुरे–तराई क्षेत्रलाई अन्न भण्डारको क्षेत्र भनिन्थ्यो । चौडाइमा चार कोसे झाडी (वनजंगल) पनि यसै क्षेत्रमा थियो । यसै कारणले गर्दा नेपाल ‘हरियोवन नेपालको धन’ भनिथ्यो जंगलमा नेपाल अन्य देशको तुलनामा निकै सम्पन्न थियो । यहाँका काठपात, जडीब्टी, जंगली जनावर, चराचुरूङ्गी विदेश पठाइन्थ्यो । वन उत्पादनको निर्यातले गर्दा नेपालको खर्चमा निकै भाग सघाएको थियो । त्यसै बेला नेपाल र भारत सरकारका बीचमा सम्झौता भई रेल लिकमा प्रयोग गर्ने काठ नेपालकै जंगलबाट पठाएको थियो । त्यसै बेला काठ ओसार पसार गर्न भारत सरकारले भारतीय सीमा मा अवस्थित नगर जयनगर र रक्सौल देखि महोत्तरीको भूतहा तथा बाराको अमलेखगंज सम्म छोटीलाइनको रेल मार्ग निर्माण गरेको थियो । अन्य ठाँउमा ट्रक तथा ट्रैक्टरबाट ढुवानी गरेका थिए । त्यस बेला नेपाल–भारत बीचको व्यापार एकदम सन्तुलन थियो । २०२४÷०२५ साल सम्म नेपाल धान निर्यात गर्ने मुलुकहरूमा संसारको अग्रिम पंक्तिमा देखिन्थ्यो । यस्तै दलहन, तेलहन, फलफूल आदि नगदेवालीहरूको समेत निर्यात गर्दथ्यो । नेपाली युवाहरू नेपालमै काम पाएका थिए । उल्टै भारतको विहार, उत्तर प्रदेश तथा पश्चिम बंगलाबाट मजदूरहरू नेपालमा आएर कृषि काममा सहयोग गरेका थिए । महा भारत तथा चारकोसे झाडीको बीचमा अवस्थित यस क्षेत्रले घना जंगलले गर्दा पानी सोसेर राख्दथ्यो । त्यही अन्डरग्राउण्ड जलप्रवाहले तराईका नदीनाला, ताल तलैया, खोलानाला जस्ता जलाशयहरू भरिपूर्ण हुन्थे । तराईको खेतमा आफै मूल फुटेर पानी बगेको थियो जो धान खेतीका लागि निकै सहयोग पु¥याएको थियो ।

३. बर्तमान अवस्था :
अहिले विश्वका अधिकाँश भाग जनसंख्याको तीब्र वृद्धि तथा प्राकृतिक स्त्रो–साधनको अत्यधिक दोहानले गर्दा अवस्था ठीक विपरीत बनेको छ । खासगरी नेपाल जस्तो अल्प विकसित देशहरूका हालत निकै दयनीय रहेको देखिन्छ । प्राकृतिक सम्पदाहरूलाई बचाएर राख्न सकिएन भने मानव जीवन पनि दिगो रहन सक्दैन । प्रकृतिले सबै जैविक प्राणीहरूका बीचमा संतुलित बातावरण कायम गरेको हुन्छ । हामी प्राकृतिक सम्पदाहरू सँग मित्रवत व्यवहार गर्न सकिरहेका छैनौँ । जंगलहरूलाई जथाभावी दोहन गरि सक्यौं । अव नाङ्गो चुरे श्रृंखलालाई समेत नास गर्न उद्दत भएका छौं । दिन दहारै यस्ता प्राकृतिक वस्तुहरू निकासी गर्न पछि परेका छैनौं । यसमा सरकार जिम्मेवारहीन अवस्थामा रहेको देखियो । अहिले पानीको स्त्रो घट्दै गएको हुनाले तराईका नदीहरूमा पानीको सतह कम हुँदै गएको छ । साना साना नदीनालाहरू सुख्दै गएका छन् । जलवायु परिवर्तनका असरहरू समेत अनुभव गर्न थालेका छौं । गर्मी बढ्न थालेको छ । रूखविरूवाहरूको अवस्था दिनदिनै विग्रन थालेको छ । कतिपय जंगल तथा पालुवा रूखविरूवा तथा जडीबुटीहरू लोप भैसकेका छन् । कतिपय लोप हुने अवस्थामा छन् । जीवजन्तुहरुका पनि उस्तै अवस्था रहेका छन् । कतिपय जनावर तथा चराहरू लोप भै सकेका छन् त कतिपय लोप हुँदै गइरहेका छन् । नेपालको जंगलको दोहन दिनप्रतिदिन बढ्दै गएकोले विगतको चारकोसेझाडी सकिएको छ । हरिया पहाडहरू अहिले नांगो अवस्थामा आइसकेका छन् । खास गरि यस्ता उत्पातले गर्दा चुरिया श्रेणी र तराईका समतल भूभाग बढी प्रताडित भएका छन् । यहाँका पानीका स्त्रो विगतमा

३०–४० फिट गहिरोबाट आउने पानी अहिले ४००–५०० फिट तल गईसकेको छ । भोली पानीको हाहाकार हुने दिन निकै टाढा छैन । चुरे तराईको जीवन हो । जैबिक बिबिधतामा धनी रहेको यो क्षेत्र अहिले दिन प्रतिदिन खस्किदो अवस्थामा छ । विभिन्न काल खण्डमा भएका यस्ता कामको जिम्मा नेपालका शासक र सरकारले नै लिनु पर्ने हुन्छ । अहिले पनि सरकारले रबैया देखि चुरे क्षेत्रमा संरक्षण सट्टा बढी दोहन गर्न लागेको देख्दा अवस्था सुध्रिनु बाहेक बिग्रदै गएको देखिन्छ । राजा महेन्द्रले निर्माण गरेको पूर्व–पश्चिम राजमार्गले बनजंगल नाश गर्नेमा पहिलो ठूलो चोट थियो । अहिले यस राजमार्गको दाँया–बायाँ भागमा धेरै ठुल–ठुला नगर बसिसकेका छन् । यिनीहरू सबै जंगलै फडानी गरेर बसेका छन् । बरु यसमा सरकार हरूले समेत उत्साहित गरेका थिए । चुरे दोहन राणा कालबाट शुरू भई शाहीकाल सम्म निरन्तरता पाएको थियो । प्रजातांत्रिक र गणतांत्रिक सरकारले समेत तदारूता साथ रोक्ने प्रयास गरेनन् । बर्तमान अवस्थामा पनि यसको दोहन रोहिएको छैन ।

अब यस क्षेत्रमा बाँचे खुचेका ढुँगा,रोडा, बालुवा समेत निकासीलाई यस बर्ष २०७८÷०७९ बजेटद्वारा बैधानिकता प्रदान गरेकोले सरकारको नियत माथि जनताले निकै शंका महसुस गर्न थालेका छन् । खासगरी तराई–मधेशका जनताले यसबारे बढी जिम्मेवार भएर सोच्ने अवस्था आएको छ । यसबाट तराई–मधेशका जन्ता सोझै मारमा पर्ने पक्का–पक्की छ । अहिले हाम्रो उत्पादन कम हुन थालेको छ । हामी खाद्यान्न लगायत अन्य साधनहरूमा समेत भारतमाथि निर्भर भएका छौ । यसलाई रोक्न सरकारको कुनै खासै योजना देखिएन । एक छिनकालागि बोर्डर बँद हुँदा हामी नेपाली पानी बिनाको माछा जस्तै छटपटाउन थालेका हुन्छौँ । अहिले सम्म भारतसँगको व्यापार घाटा दिनप्रतिदिन बढदै गएको छ । यसको जिम्मेबारी कसले लिने ?

४. यसबाट भविष्यमा पर्ने असरहरू  :
यस लेखका लेखक २०५७÷०५८ सालतिर सिन्धुलीको सिन्धुली क्याम्पसमा अब्जर्भर भएर गएको थियो । त्यसबेला जनसंख्या र वातावरण एउटा नयाँ बिषयको रूपमा विकास गरेको हुनाले त्यहाँका वृद्धिजीबी , शिक्षक, प्राध्यापक, जनप्रतिनिधि, कर्मचारीहरुले लेखकलाई मुख्य अतिथिमा राखेर जिल्ला प्रशासन कार्यालयको अतिथ्यमा एउटा गोष्टी गर्ने आयोजन गरेको थियो । सबै बक्ताहरूले आ–आफ्नो मन्तव्य व्रmमशः राख्दै गए । बक्ताकै क्रममा कमलामाई न.पा.का उपमेयरको पालो आयो । वहाँले आफ्नो विचार राख्दा चुरियारन्जलाई भत्काई तराई जस्तै समतल ठाँउ बनाउनु पर्छ । तराईका मान्छेहरू आफै समतल ठाउँमा बसोबास गरेका हुनाले पहाड, जंगल, खोला, नाला बचाउँ भनेका छन् । यी सबै हाम्रोलागि कुनै माने राख्दैन । आजपनि चुरिया दोहनमा बिगतदेखि बर्तमानसम्मका शासकरू निरन्तर लागेकै छन् । के आजको सरकारको मन्साय त्यही उपमेयरको निरन्तरता त होइन र ! एकातिर अहिले पनि त्यस्ता मेन्टालिटी का मानिसहरू छन् भने अर्काेतिर जनसंख्या, वातावरण, जिवशास्त्र बनस्पति बिद् जस्ता बिद्वानहरू यस्ता दोहन प्रति निकै चिन्तित देखिन्छन् । यस्ता दोहन बारे स्थानिय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा जोडदार आवाज उठाउनु पर्ने हुन्छ । यस्ता प्राकृतिक बिपदालाई रोक्न सबै एक ठिक्का भएर सक्रिय हुने बेला आएको छ । यसबाट भविष्यमा पर्ने असरहरूमा मूल रूपले पानीको अभाव, उष्णतामा बृद्धि, जलवायु परिवर्तन, बाढी पैरोको उच्च जोखिमको साथै जडिबुटी, काठपात, ढुंगा, पत्थर, सिमेन्ट, रोडाको आभाव हुने निश्चित छ ।

यसबाहेक मरूभूमीकरणको समस्या जिवजन्तु तथा बोटबिरूवाको लोप, खेतिपातिको जग्गामा ह्रास, पानीको आभाव हुनसक्ने प्रबल सम्भावना रहेको देखिन्छ । यसले मानिसको जीवनलाई कष्टकर मात्र बनाउँदै विस्तारै मानवजाति लोपको अवस्थामा समेत जान सक्छ । यति मात्र कहाँ हो र ! यसवाट ठुल्ठुला रोग ब्याधि को उत्पत्ति, प्राकृतिक प्रकोप, अमैत्री बातावरण समेतको प्रभाव पर्ने प्रायः निश्चित छ । यस्तो बातावरणमा कुनै पनि कुरालाई हामी सुरक्षित गर्न सक्दैनौं । मानव जाति प्रकृतिका एउटा सदस्य मात्र हुन् । मानवजातिलाई सुरक्षित राख्न सबै जीवजन्तु, बोटबिरूवा, किराफट्याङ्ग्रालाई संरक्षित गर्नै पर्दछ किनभने यी जीवजन्तुहरू मानव जातिका अभिन्न मित्र हुन् । अहिले मानव जाति वैश्विक महामारी कोभिड १९ बाट निकै आव्रmान्त छन् । जनसंख्याविद्को विचारमा प्राकृतिक असन्तुलनले गर्दा कोभिड –१९ मात्र होइन यस्ता अनेक महामारीको उत्पति हुने सम्भावना उतिकै छ ।

(५) यसलाई रोक्ने उपाय :
यसलाई रोक्ने कुराको चर्चा नचलेको होइन भन्न सकिन्न । यसवाट जानकार व्यक्तित्वहरू वाट पटक– पटक सचेत गराउँदा पनि जति सक्रियतापूर्वक व्यवस्थित गर्ने काम हुनु पर्दथ्यो त्यति भएकै छैन । यसमा नेपाल सरकारले कहिले पनि प्राथमिकतामा लिएको देखिएन । हुनत नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले आफ्ना पदीय कालमा २०६७ साल तिर पहिलो पल्ट चुरे संक्षरणको कुरा उठाएका थिए । पछि यसलाई तत्कालिन प्रधानमंत्री माधवकुमार नेपाल र अर्थमंत्री रामेश्वर खनालका अगुवाईमा राष्ट्रिय गौरवको रूपमा राष्ट्रपति चुरे संरक्षण योजना बनाएर अघि बढाइयो । यसपछि तत्कालिन प्रधानमंत्री सुशील कोइरालाको कार्यकालमा ठोस रूपमा कामलाई अगाडि बढाउने निर्णय भयो । यस उप्रान्त यसलाई मध्य नजरमा राखेर तत्कालिन प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डको पालामा यसको संरक्षणको लागि एउटा गुरु योजना समेत बनिसकेको भए तापनि त्यस अनुरूपको काम अघि बढेन । यस्ता गुरुयोजनालाई तुरून्त कार्यान्वयनतिर लग्नु पर्ने आवश्यकता छ । यस्ता काम तिर ध्यान नदिई वरु २०७८÷०७९ सालको बजेटको वुन्दा नं. १९९ मा ल्याएको गिट्टी, रोडा, बालुवा निकासी जस्ता निर्णयलाई तुरून्त उल्टाउनु पर्दछ । चुरे क्षेत्रमा वृक्षारोपन कार्यक्रममा बढी जोड दिनु पर्छ । यस्ता काममा सरकारको भूमिका जिम्मेवारीपूर्ण हुनुपर्दछ अन्यथा चुरेलाई मरुभूमि हुनबाट कसैले रोक्न सक्दैन ।

(६) निष्र्कष:
चुरे दोहनवाट उब्जिएका प्रश्नहरूको उत्तर खोज्नु पर्ने हुन्छ । चुरे हाम्रो जीवनरेखा भएको हुनाले यसलाई बचाई राख्नु सरकारको काम मात्र होइन हामी सवैको कत्र्तव्य हो । प्रत्येक नेपालीलाई यसको सुरक्षामा चनाखो हुनै पर्दछ । सरकारले बजेट मार्फत गलत निर्णय लिएको कुरालाई नसच्याइ हुँदैन । यस्ता राष्ट्रघाती काम कसैको हीतमा छैन । नेपाल हिमाल, पहाड, तराई मिलेर बनेको देश हो । एक अर्काेको अन्तरसम्वन्धलाई कसैले तोडेर पनि टुट्दैन । नेपाल रहे मात्र हामी नेपाली बाच्न सक्छौँ । त्यसैले यसलाई संरक्षण गर्न विगतकालमा वनाइएको गुरुयोजनालाई यथाशिघ्र लागु गर्नु पर्दछ । यसलाई आ–आफ्ना मान्छेको जागिर दिई पालन गर्ने कामलाई त्यागनु पर्दछ । अस्तु ।

लेखक जनसंख्या तथा समाजशास्त्र विद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News