२०७८ जेष्ठ २७, बिहीबार २०:११

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कोरोनाबाट जोगाउन सबै प्रदेशबासीलाई खोपको व्यवस्था मिलाउने प्रदेश सरकारले घोषणा गरेको हो । साथै कोरोना रोकथाम तथा नियन्त्रणमा जोड दिइएको छ ।

यस्तै जनकपुरस्थित प्रादेशिक अस्पताललाई ५० शैय्या (बेड)सहितको अत्याधुनिक विशिष्टकृत अस्पतालमा स्तरोन्नती गर्ने घोषणा गरेको छ । प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया र सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालन गर्ने पनि घोषणा गरिएको छ । प्रदेश सरकारले शिक्षा र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।
हेर्नुस् पूर्ण विवरण :

Comment


Related News

Latest News

Trending News