अपडेट 
२०७८ जेष्ठ २८, शुक्रबार १७:२१

नेपालमा शुक्रबार थप ३ हजार सात सय ५० जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ५ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ एन्टीजेन परिक्षणका क्रममा एक हजार ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २३ हजार १५१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३ सय ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ५ हजार २ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख २० हजार ८ सय १६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३१ लाख ९८ हजार ७०२ पिसिआर परिक्षण गरिएको छ भने ९६ हजार ९५२ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News