प्रदेश २ का सरकारले अगामीआर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ । १ असारमा अगामी आर्थिक वर्षको लागि वजेट ल्याउनुपर्ने वाध्यतमक व्यस्था रहेकोले त्यसकालागिआर्थिक मामिला तथा योजनामन्त्रालय सहितका मन्त्रालयलहरु लगेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका श्रोतका अनुसार अगामी आर्थिक वर्षको वजेट चालु आर्थिक वर्षको भन्दा कम हुने छ । संघिय सरकारबाट आर्थिक वर्षको लागि समान्यकरण अनुदान वापत ७ अर्व ३९ करोड ३४ लाख, राजस्व बाडफाँड ९ अर्व ९८ करोड २३,सर्सत अनुदानको ५अर्व ९७ करोड ५२ लाख, विशेष अनुदान ५८ करोड ७९ लाख र समपुरक वजेट ३४ करोड ६९ लाख गरि जम्मा २४ अर्व ६८ करोड ५७ लाख संघिय सरकारबाट प्राप्त हुनेछ । त्यसवाहेक प्रदेशको आन्तिरिक अनुमानित आम्दनी ३ अर्व, चालु आर्थक वर्षको वजेटमा खर्च हुन नसक्ने अनुमानित रकम ७ अर्व र आन्तरिक ऋण १ अर्व समावेश गरि प्रदेश सरकारले वजेट ल्याउन जनाएको छ ।
यसरी अगामी आर्थिक वर्षमा गत वर्षकै हराहारी वजेट आउनु अनुमान गर्न सकिन्छ । चालु आर्थिक वर्षको वजेट ३३ अर्व रहेको छ । अगामी आर्थिक वर्षको वजेटको अकार चालु आर्थिक वर्षको खर्चमा भर पर्ने उल्लेख गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले भने, चालु आर्थिक वर्षमा वजेट बढी खर्च भएको खण्डमा अगामी आवको वजेटको अकार कम हुन्छ । हामीले ५०/५५ प्रतिशत वजेट खर्च हुने अनुमान गरेर वजेट बनाउदै छौ ।’ उनले भने, ‘कोरोनाको संकटमा चालु आर्थिक वर्षमा गत आर्थिक वर्षभन्दा कम वजेट खर्च हुने सम्भावना रहेकोले वजेटको अकार अलि फराकिलो हुन्थियो । तर चालु आर्थिक वर्षमा संघिय सरकारबाट धेरै कम अनुदान आएकोले स्वाभाविक रुपमा वजेटको अकार कम हुन्छ ।’ प्रदेशको जनसंख्याको ७० प्रतिशत, भुगोल १५ प्रतिशत र १५ प्रतिशतगरिविलाई अधार मानेर संघिय सकारले अनुदानदिने गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आफ्नो आम्दनीमाजग्गा रजिट्रशन, विज्ञापन कर, मनोरञ्जन कर, सवारी कर लगायतबाट आउने राजस्वलाई देखाएको छ । यसैबीच, प्रदेश सरकारले अगामी आर्थिक वर्षको वजेटमा स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट ल्याउन लागेको छ ।
विश्वव्यापी फैलिएको कोरोनाको महामारी नियन्त्रण तथा त्यसको रोकथाम र स्वास्थयउपचारलाई मध्यनजर गरेर वजेट विनियोजन गनुर्् पर्ने वाध्यता रहेको आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले बताईन । त्यसैगरि, कोरोनाको महामारीका कारण वैदेशिक रोजगारका रहेका युवाहरुले रोजगार गुमाएको र उनीहरुलाई व्यवायसायि कृषि,उत्पादन वृद्धि, युवाहरुलाई कृषिमा आकर्षित गर्ने लगायतका कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने निति सरकारको रहेको आर्थिक मामिलातथा योजना राज्यमन्त्री यादवले जानकारी दिईन । त्यसैगरि,प्रदेश सरकारको चालु आर्थिक वर्षको वजेट ३३ अर्व ५६ करोड ९ लाख रहेको छ । त्यस मध्ये वैशाख मसान्त सम्म वजेटको २५ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका अधिकृत मनोज झाले बताए । तर पछिल्लो केहि दिन यता खर्चको प्रतिशत बढेकोले चालु आवको असार मसान्त सम्ममा कुल वजेटको करिव ५० देखि ५५ प्रतिशत खर्च हुने अनुमान गरिएको उनले बताए ।रासस


