२०७८ जेष्ठ २९, शनिबार ०८:५५

महेन्द्रनगर । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ ।

धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाई उनको निर्वाचन क्षेत्र समेत रहेको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित यूवानेता अनिल चौधरी लगायत पार्टीको कार्यकर्ताहरु द्धारा भब्य स्वागत गरिएको छ । दुवैजनालाई स्वागत गर्न पँन्चकन्या लगायत नेपाल खेलकुद महासंघ प्रदेश २ संयोजक कमल किशोर चौधरी, क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष राम किशुन यादव, एमालेका नेता संजय साह, राजु गुप्ता, महेन्द्र यादव, ललित साह लगायतका एमालेका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News