![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/02/india-caorona.jpg)
भारतमा कोरोना संक्रमितको संख्या लगातर घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि बढेको छ। २४ घण्टामा ४ हजार २ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन्। ३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। भारतले आफ्ना २४ करोड ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको दाबी गरेको छ।