२०७८ जेष्ठ २९, शनिबार ११:१४

भारतमा कोरोना संक्रमितको संख्या लगातर घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि बढेको छ। २४ घण्टामा ४ हजार २ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन्। ३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। भारतले आफ्ना २४ करोड ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको दाबी गरेको छ।

Comment

Related News

Latest News

Trending News