२०७८ जेष्ठ २९, शनिबार १५:४२

धनुषामा पोखरीमा डुबेर मृत्यु भएका बालबालिकाहरूको परिवारलाई प्रदेश-२ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ का हुलाश यादवको पोखरीमा डुबेर शुक्रबार पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो । मन्त्री यादवले मृतकको परिवारलाई शनिबार बिहान भेटेर राहत रकमको उपलब्ध गराउने घोषणा गरेका हुन ।

Comment

Related News

Latest News

Trending News