२०७८ जेष्ठ ३०, आईतवार ०७:१२

जनकपुरधाम । पोखरीमा डुबेर ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पीडित परिवारलाई एक÷एक लाखको दरले सहयोग गर्ने घोषणा गरेका हुन् । मन्त्री यादव शनिबार प्रादेशिक अस्पताल जनकपुर पुगेर पीडित परिवारलाई भेटेका थिए । घटनालाई दुखद बताउँदै उनले प्रति परिवार एक÷एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । मन्त्री यादवको निर्वाचन क्षेत्र समेत रहेको छ । मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. ६ मा शुक्रबार पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको थियो । बहेडाडावेला र तुल्सीयाही बिचमा स्थानीय हुलाश यादवको पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाहरुको परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।

मन्त्री यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन् । मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन ।

Comment


Related News

Latest News

Trending News