२०७८ जेष्ठ ३०, आईतवार ०७:२०

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । नपाले अगामी आर्थिक वर्षको बजेट पूर्वको तयारीलाई तीव्रता दिदै शनिबार सरोकारबालाहरुको उपस्थितिमा नीति तथा कार्यक्रम सम्बन्धी छलफल गरेको हो । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले जनमुखि बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । जनतालाई प्रत्यक्ष लाभ हुने योजनाहरु समावेशसहितको अगामी बजेट ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । नगरप्रमुख रामज्ञान मण्डलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कोरोना महामारीबाट प्रभावित जनतालाई राहत हुने गरी योजना तथा कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

जसपा नेपालका केन्द्रिय सदस्य मण्डलले हँसपुर नगरपालिकाले बजेट पूर्वको तयारी स्वरुप गरेको नीति तथा कार्यक्रम उपरको छलफललाई उदाहरणीय कार्य बताउँदै जनतालाई सर्वोपरी राखेर काम गर्न जनप्रतिनिधिहरुमा आग्रह गरेका थिए । नगरबासीले विकासको अनुभूति हुने गरी कार्यक्रमहरु संचालन गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा नगर प्रमुख मण्डलले नगरबासीको स्वास्थ्य, शिक्षा, सडक, स्वच्छता लगायत दैनिकीसित जोडिएको योजनाहरु ल्याउने प्रतिबद्धता गरेका थिए । संघीय सरकारको नीति अनुसार स्थानीय तहले असार १५ गते परिषद्मार्पmत बजेट ल्याउनुपर्ने छ । समयमै बजेट ल्याउनको लागि पालिकाले कोरोना महामारीका बीच आवश्यक तयारीलाई अगाडी बढाएको नगर प्रमुख मण्डलले जनाए । नीति तथा कार्यक्रम ल्याउने हँसपुर नगरपालिका धनुषाकै पहिलो पालिका रहेको नगर प्रमुख मण्डलले दावी गरे । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरेर आयोजना गरिएको नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा नगर उपप्रमुख रेणु झाले आउँदो बजेटमा महिला र बालबालिका सम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समेटिने जानकारी दिइन् ।

जसपा नेपालका अर्का केन्द्रिय सदस्य रमण सिंह, नेता रुपनारायण मण्डल, वडा नं. १ का वडाध्यक्ष कामेश्वर कापर, वडा नं. २ का उदय साह, वडा नं. ३ का उदय सिंह, वडा नं. ४ का किशोरी यादव, वडा नं. ५ का शिवशंकर साह, वडा नं. ६ का मथुरा चौधरी, वडा नं. ७ का रामसेवक मण्डल, वडा नं. ८ का जीवछ मण्डल र वडा नं. ९ का नरेश कुमार मण्डल, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले स्वागत मन्तव्य राखेको छलफल कार्यक्रममा नेकपा एमालेका सुनिल यादव, नेकपाका नगर संयोजक दिपेन्द्र यादव, नेपाली काँग्रेसका जयनारायण कापर, सशस्त्र प्रहरी बलका प्रतिनिधि, इलाका प्रहरी कार्यालय सुगा निकासका इन्चार्ज, सहकारी संस्थाका पदाधिकारी, प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । यता नगरप्रमुख मण्डलले शनिबार नै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर वडा नं. ७ प्रसाहीमा सडक ढलानको शिलान्यास गरेका छन् । ३८ लाख ५० हजार लागतमा सडक ढलान हुन लागेको विद्यार्थी नेता सुधिर कुमार मण्डलले बताए ।

Comment


Related News

Latest News

Trending News