२०७८ जेष्ठ ३०, आईतवार ०७:३५

मलगंवा । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मुस्लिम उत्थान समाज सर्लाहीले मलंगवा न.पा–८ स्थित बाल गृहलाई खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष मोहम्मद कासिम साफी सहितको टोलीले शनिबार बिहान बाल गृहलाई उक्त समाग्री हस्तान्तरण गरेको हो । अविभावक गुमाइसकेका अनाथ बालबालिकाहरुलाई चामल ,दाल,पिठो,आलु प्याज,फलफुल,साबुन,बिस्कुट , खाने तेल,काँपी,कलम,मोजा, सर्जिकल मास्क लगायतका समाग्रीहरु सहयोग गरेर संस्थाले मानवता जिवित रहेको भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको जिल्ला बाल संगठनका सभापति शमिम बाबु खानले बताए । उनले दैनिक खाद्य समाग्री अभाव भइरहेको बेला संस्थाले गरेको सहयोगले केही राहत मिलेको बताए । सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरमा मुख्य कार्यालय रहेको मुस्लिम उत्थान समाजले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिसकेको र आगामी दिनमा पनि सामाजिक काममा तन मन धनले लाग्ने अध्यक्ष शाफीले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,गोडैता नगरपालिका अन्तर्गत क्षयकुष्ठ शाखा अधिकृत सहाबुद्दिन मिकरानी,स्थानीय समाजसेवी सराजुल मिकरानी,आयोजक संस्थाका सचिव रहवर मिकरानी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News