२०७८ जेष्ठ ३०, आईतवार ०७:४२

जनकपुरधाम । कोरोना महामारीको वेला जनकपुरधामस्थित नेपाल रेडक्रस ब्लड बैंकमा रगतको अभाव रहेको वेला नेपाली सेनाका एक जवानले रगत दिएर एक वृद्धको जीवन रक्षा गरेका छन् ।

शरिरमा रगतको अभाव भई स्वास्थ्य अवस्था गम्भिर भई जनकपुरको एक अस्पतालमा भर्ना भएका धनुषा हंसपुर नगरपालिका–४ सुगामधुकरही निवासी ६५ वर्षीय नथुनी यादवलाई नेपाली सेनाका जवान संदिप अधिकारीले रगत दिएर ज्यान जोगाएका छन् । अधिकारी धनुषा महेन्द्रनगर स्थित श्री श्रीनाथ गणमा कार्यरत रहेका छन् । यता, रगतको अभावमा जीवन र मृत्यु बीच संघर्ष गरिएका यादवका परिवारजनले नेपाली सेनाका जवान अधिकारीको कार्यलाइृ प्रशंसा र सम्मान व्यक्त गरेका छन् ।

Comment

Related News

Latest News

Trending News