अपडेट 
२०७८ जेष्ठ ३०, आईतवार १५:४५

पछिल्लो २४ घण्टामा धनुषामा आइतवार २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार शनिवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १२९५ रहेकोमा आइतवार २२ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १२२३ रहेको छ भने आज धनुषामा निको हुनेमा ९४ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आइतवारवार ७३ जना ले पिसिआर परिक्षण गराएकोमा २२ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये ११५० जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ४५ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २७ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या १ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ९६ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News