२०७८ जेष्ठ ३०, आईतवार १९:२३
जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आइतबार फैसला सुनाएको छ ।
निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।



