२०७८ जेष्ठ ३१, सोमबार ०७:०६

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत करिब तीन महिना पछि आइतवार गाउँपालिका प्रवेश गरेपछि कर्मचारी र नेकपा पार्टीका कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

अख्तियारबाट सफाइ पत्र लिएर शुक्रबार अपरान्ह घर आइपुगेका राउत आईतवार गाउँपालिकाको प्राङ्गनमा उपस्थित कर्मचारी र नेकपा एमालेका कार्यकर्ता, समाजसेवी लगायतको विचमा आफनो प्रतिक्रिया दिएका थिए । स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष राउतले बटेश्वर गाउँपालिका अरु गाउँपालिका र नगरपालिकाको तुलनामा राम्रो विकास लगायतको कामहरु गरेको बताए । आफूमाथि ग ा उ ँ प ा िल क ा ब ा स ी ह रु क ा े झुकाबले विपक्षी पार्टी र ठेकदारको मान्छेहरुलाई मननपरेको कारण यस्तो जालझेलमा फसाएको आरोप लगाए । आउने चुनावमा गाउँपालिकामा हाम्रो उपस्थिति नहुनु विपक्षीको सोच विच भवन निर्माण गर्ने ठेकदार र केही हाम्रा प्राविधिकहरु मिलेर योजनाबद्ध तरिकाले फसाएको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राउतले काम गर्ने शिलशिलामा विभिन्न किसिमको बाधा अवरोध आउने गर्छ, तर आउने दिनमा बटेश्वर गाउँपालिकालाई सम्पुर्ण बाधा अवरोधलाई चिर्दै पुरानै जोसजागर साथ हाराभारा बटेश्वरगाउँपालिका बनाउने प्रतिवद्धता जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News