अपडेट 
२०७८ जेष्ठ ३१, सोमबार १०:३५

शुक्रबारबाट सुरु भएको मनसुनी वर्ष चार दिनमै देश भर सक्रिय भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुको प्रभाव रहेको हो । मनसुन सक्रिय भए संगै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सोमबार बिहान मध्य तथा पश्चिमी नेपालका अधिकाँश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गते बेलुका देखि नै देखि देशैभरि फैलिएको छ ।

Comment


Related News

Latest News

Trending News