२०७८ जेष्ठ ३१, सोमबार १९:३८

जिल्ला विपद व्यवस्थापन समितिले जनकपुरधाममा संयुक्त जलप्रकोप उद्धार प्रर्दशनी कार्यक्रम गरेको छ ।

मौसम परिवर्तन भएसंगै मुलुकभरिनै भारी वर्षा हुने र यसबाट बाढि पहिरो पनि हुन सक्ने मौसम विभागले चेतावनी दिएपछि त्यसबाट हुने क्षति न्युनिकरण गर्नका लागि सोमवार उद्धार गर्ने तरिका बारेमा प्रर्दशनी गरिएको हो । श्रीनाथ गण धनुषा,सशस्त्र प्रहरी बल,जिल्ला प्रहरी कार्यालय धनुषा,गण हे.क्वा.धनुषाको संयुक्त आयोजनामा जनकपुरधामको गंगा सागरमा जल प्रकोप हुदा उद्दार गर्ने तरिका बारेमा डेमो देखाइएको थियो । बाढि पहिरोमा फसेका व्यक्तिहरुलाई कसरी बचाउने त्यस सम्वन्धि व्यापक तयारी गरेर बाढि पहीरोमा हुन सक्ने क्षति न्युनिकरणका लागि तयारी सम्वन्धी डेमो देखाइएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले प्रहरी र सेनाको प्रशंसा गरेका थिए । देश र समाजका लागि प्रहरीले गर्दै आएको कार्य र क्षति न्युनिकरणका लागि गरेको तयारी सम्वन्धी प्रसंसा गर्दै धन्यवाद पनि दिएका थिए ।

कार्यक्रममा बाढि पहिरोमा सुरक्षाका लागि प्रयोग गरिने सरसमानको प्रमुख जिल्ला अधिकारी वास्तोलाले अवलोकन समेत गरेका थिए । कार्यक्रममा विभिनन संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News