अपडेट 
२०७८ असार १, मंगलवार १५:५३

पछिल्लो २४ घण्टामा धनुषामा मंगलवार ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार सोमवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ११४९ रहेकोमा मंगलवार ४१ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १००५ रहेको छ भने आज धनुषामा निको हुनेमा १८४ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मृत्युहुनेमा विदेह नगरपालिका वार्ड नं ५ बस्ने २४ वर्षिय एक पुरुष रहेको छ भने उनको नया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मंगलवार १५० जना ले पिसिआर परिक्षण गराएकोमा ४१ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ । धनुषामा संक्रमीत मध्ये ९४५ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ३५ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २४ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या १ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ९८ रहेको छ ।

धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News