अपडेट 
२०७८ असार २, बुधबार ०७:११

जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।

बजेटमा चालु खर्च भन्दा पुँजीगत खर्च बढी रहेकोछ । प्रदेश सभामा मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले पेश गरेको बजेटमा चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत , पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत बिनियोजन गरिएको उल्लेख छ ।त्यसैगरि वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने मन्त्री यादवले बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै उनले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको जनाए । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना भाइरसको महामारीले विकास निर्माणका कार्यहरु अत्यधिक प्रभावित भइरहेको बेला प्रदेशसभामा विपक्षी दलका सदस्यहरुले रकम बढाउन माग गरे ।बजेटमा संसद विकास कोषको रकमलाई कटौती गरिएको छैन् ।

बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले बताए ।

Comment


Related News

Latest News

Trending News