अपडेट 
२०७८ असार २, बुधबार ०७:३६

जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक २०७८/०७९ मा आर्थिक बृद्धिदर ३.५२ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

मंगलवार सदनमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो अनुमान गरेका हुन् । उनले चालु आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभाmो मुल्यमा ५ खर्ब ६३ अर्ब १५ करोड पुग्ने अनुमान गरेका छन् । जसमध्ये कृषि क्षेत्रको योगदान ३९ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६१ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन उल्लेख्य बृद्धि हुने अनुमान समेत मन्त्र यादवले गरेका छन् । उनका अनुसार प्रदेशको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धानको उत्पादन चालु आवमा ५६ लाख २१ ह्जार ७१० मेट्रिक टन हुनेछ । जसमध्ये यस प्रदेशको योगदान सबैभन्दा बढी २५.५ प्रतिशत रहने अनुमान छ । मन्त्री यादवले प्रदेशमा बैंक, बीमा तथा बित्तिय सेवाको पहुँच क्रमशः बढेदै गएको उल्लेख गरेका छन् । गत वर्ष जम्मा १३ सय ५८ वटा शाखा मार्फत बैंक तथा वित्तिय संस्थाहरुबाट सेवा प्रवाह भएकोमा चालु आवमा उक्त संख्या बढेर १५ सय ७४ पुगेको छ । चालु आवमा संकलन भएको कुल निक्षेपमध्ये यस प्रदेशको योगदान ४.३ प्रतिशत रहेको मन्त्री यादवले उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ २० गतेसम्म आन्तरिक राजश्व परिचालन तर्फ ३ अर्ब २ करोड १ लाख संकलन भएको छ । यस्तै कुल विनियोजनको ६२.५ प्रतिशत खर्च हुने संशोधीत अनुमान मन्त्री यादवले गरे । उनका अनुसार विनियोजनमध्ये चालुतर्फ ७२.३४ प्रतिशत र पुँजीगत तर्फ ५२.६६ प्रतिशत हुने संशोधित अनुमान छ ।

Comment


Related News

Latest News

Trending News