अपडेट 
२०७८ असार ३, बिहीबार ०७:१६

प्रधानमन्त्री केपी ओलीले बाढीपिडित जनताका लागि आवास लगायतका सवै व्यवस्था सरकारले गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा ओलीले बाढी पहिरोबाट घाइतेहरुको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मुल्यांकन गरेर उचित राहतका लागी लागि गृहमन्त्रालयले पहल गर्ने बताएका हुन् । यसै गरी ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरु मै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने पनि बताए । उद्दारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीय स्तरमा बन्ने संशाधन प्रयोग गर्न पनि उनले जोड दिएका छन् । राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । यसै गरी तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

यसै गरी पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने निर्देशन पनि प्रधानमन्त्रीले दिए ।

Comment


Related News

Latest News

Trending News