२०७८ असार ३, बिहीबार ०८:३२

जीतपुर । भाडामा यात्रु ओसारपसार गर्ने भारतीय एम्बुलेन्स र चालकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी मोहमद हंसनराज रंगरेजले बि आर ०५ पि ८२१५ नम्बरको भारतीय एम्बुलेन्समा यात्रु बोकेर रौतहटको चन्द्रपुर जाने क्रममा ट्राफिक प्रहरी पोष्ट कलैयाले नियन्त्रणमा लिएको हो । एम्बुलेन्स चालक रंगरेजले यात्रुसंग ५ हजार रुपैयाँ भाडा लिएर चन्द्रपुर नगरपालिका जादै गरेको अवस्थामा ट्राफिक प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको हो । चेकजाँजको क्रममा शंका लागेर रोक्न खोज्दा उल्टै एम्बुलेन्स भगाएपछि पिछा गर्दै गएको प्रहरीले मानमत–मटिअर्वा सडक खण्डको बडहर्वाबाट नियन्त्रणमा लिएको ट्राफिक पोष्ट कलैयाका प्रहरी नायव निरीक्षक नवलकिशोर साहले जानकारी दिए । नियन्त्रणमा लिएको एम्बुलेन्स र चालकलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय बाराको जिम्मा लगाएको छ । चालकलाई जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको नायव निरीक्षक साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News