अपडेट 
२०७८ असार ४, शुक्रबार ०६:५५

हामी सबैलाई थाहा पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपाल बाईसै÷ चौबीसै राज्य थियो। अर्थात पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपालमा २४ ओटा सा–साना राज्यहरु रहेको थियो। शाहवंशको शासन भन्दा पहिला नेपाल ५२ राज्यीए देश भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।जब नेपाल देशको निर्माण २४ ओटा सा–साना राज्यको एकीकरणबाट भएको हो भने यसलाई बहुराष्ट्रिय राज्य भन्न किन मिल्दैन । यति मात्र कहाँ हो नेपाललाई ४ वर्ण ३६ फरक फरक धर्मका जातीहरु साझा फुलबारी भन्नेले नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने कुरा किन स्वीकार्दैन त।हामी कुनै अन्तर्राष्ट्रिय कार्यक्रममा गर्वले भन्छौ कि हाम्रो पुर्खाले २४ ओटा राज्यलाई मिलाएर एकीकरण गरिएको हो।

त्यतिबेलाको एकीकरणमा सबै राज्य शाहवंशले जितेका थिएन । कुनै राज्य कुनै राजकुमारीसङ्ग बिहे गरेर उपहारमा लिए, कुनै राज्य कुनै राजकुमार सङ्ग मित्रता गरेर सङ्गै मिलेर शासन गर्ने सर्तमा लिए , कुनै राज्य कसैलाई युद्धमा सहयोग गरे वापत पाए । के त्यतिबेलाका राजाहरुले उपहारको रुपमा दिएको राज्यलाई एकल शासन प्रणालीमै बस्ने भनेर सम्झैता पक्कै पनि गरेको थिएन होला। नेपालका राष्ट्रबिभुतीहरु मध्येको मिथ्लान्चन राज्यको राजा जनक , राजकुमारी जानकी , कोसल राज्यको शाक्यवंशको राजकुमार गौतम बुद्ध आदि हुन। सबैलाई थाहा छ कि यी राष्ट्रबिभुतीहरु खस आर्यराजको होईन साथै यिनिहरुको पालामा नेपाल भन्ने देश पनि थिएन । यिनीहरुको आफ्नै राज्य थियो , यिनिहरुको राष्ट्रियता फरकफरक थियो। तर पनि यिनीहरुलाई हामीले नेपाली भन्छौ। जब भृकुटी , बुद्ध , जनक , जानकीलाई एकै ठाउमा राख्यो भने के यिनीहरूको एकल राष्ट्रियता हुन्छ त ? के यहाँ भृकुटीको राष्ट्रियताले बुद्ध र जनकको राष्ट्रियतालाई समेटन सक्छ त ? त्यसै गरि जनकको राष्ट्रियताले भृकुटीलाई समेटन सक्दैन , त्यही भएर यदि बुद्ध , जनक र भृकुटीलाई एउटै देशको नागरिक मान्ने हो भन्ने त्यो देश बहुराष्ट्रिय राज्य हुन जरुरी छ। यदि होईन भने एकले अर्काको प्रतिनिधित्व गर्दैन । हाम्रा देशवासीले कोसल राज्यको राजधानी लुम्बिनी नेपालमा छन , यस राज्यका शासक शाक्यवंशी राजा सुद्धोधनको छोरा बुद्ध नेपालकै हो भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै अभियान चलाएका छन ।

त्यसै गरि अघिल्लो बर्ष नेपालको सम्मानित प्रधानमन्त्रीले भगवान रामको जन्म स्थल अयोध्या नेपालमै रहेको दावी गर्नु भयो । हुन त यो खोजको बिषय हो तर अयोध्या देशको राजधानी नेपालमा पर्छ भन्दा सबै नेपाली मख्ख हुने तर अयोध्या राज्यको राष्ट्रियतालाई झल्काउने गरि नेपाल बहुराष्ट्रिय राज्य हो भन्दा किन निराशा छायो त। त्यसै गरि राजा जनकको मिथिला राज्यको राजधानी जनकपुर हो भन्ने तर बहुराष्ट्रिय राज्यलाई नस्विकार्नु । त्यस्तै बिराट राज्यको राजधानी बिराटनगर हो भन्ने तर नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने नस्विकार्ने । यसरी नै इतिहासको आधारमा नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने कुरा सिद्ध गर्नको लागी प्रशस्त आधारहरु छन । हामीले नेपालको बर्तमान अवस्थालाई आधार मानी पनि नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने सिद्ध गर्न सक्छौ । नेपालमा एकल जातीय शासन प्रणाली नै छ। नेपालमा अल्पसंख्यक जातीयले शासन गरेको देखिन्छ । हुन त बहुराष्ट्रिय राज्यको लागि जातिलाई मात्रै हेरेर हुदैन । बर्तमानमा पनि मधेसीको छुट्टैको राष्ट्रियता रहेको छ। शासकवर्गले जतिसुकै एकल राष्ट्रियता लागू गरेपनि मधेस / मधेसीको राष्ट्रियता परिवर्तन गर्ने अहिलेसम्म असफल नै रहेको देखिन्छ । नेपालमा पहाडीहरुको पहिचान र मधेसीहरुको पहिचान नै फरक छन। पहाडीहरुको पोशाक , रहनसहन, भेषभुषा , जिविन शैली , संस्कृति मधेसीहरुबाट पुर्णरुपमै भिन्ता छ। त्यतिमात्र होईन यहाँ एकले अर्कालाई हेर्ने नजर पनि फरक छन।

त्यस्ती मात्र होइन मधेसीहरुको बासस्थान पनि अरुको भन्दा भिन्दै छ। यी सबै कुराले मधेस / मधेसीको राष्ट्रियता फरकफरक रहेको देखिन्छ । यसरीनै नेपालमा रहेका अन्य राष्ट्रियता भएका समुदायहरु थारु , मगर , तामाङ आदि धेरै छन। अदि कसैले नेपालको पुर्व पश्चिम र उतर दक्षिणमा घुमेको छ भने उसलाई नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने बिषयमा शंका नै छैन ।तर जसरी बर्तमान उपप्रधानमन्त्री तथा सहरीबिकास मन्त्री माननीय राजेन्द्र महतोले नेपाल बहुराष्ट्रिय राज्य हो भन्दा जुन किसिमको बिरोधाभाष देखे त्यो बाट यो थाहा हुन्छकि प्रख्यात धेरै बुद्धिजीवी , सामाजिक अभियान्ता , राजनीतिकर्मीहरुलाई आफनै देशको बारेमा थाहा छैन , अनि राष्ट्रिय राजनीति गर्छन। नेपाल मात्र होइन बिश्वका धेरै शक्तिशाली देशहरुले सार्वभौमसत्तालाई बचाईराख्नको लागी बहुराष्ट्रिय राज्यको सिद्धान्तलाई अनुसरण गरेको देखिन्छ । बहुराष्ट्रिय राज्य प्रणालीले सम्पुर्ण समुदायलाई अपन्त्वको बोध गराउदछ। यसले राष्ट्रिय एकतालाई झन बलियो बनाउने गर्दछ। बिश्वकै ठुला–ठुला राष्ट्रहरुले राष्ट्रलाई विखणिडत हुनबाट बचाउनको लागी यी प्रणालीको अनुसरण गरिएको देखिन्छ । कुनै एउटा राष्ट्रियता माथि अर्को राष्ट्रियताले हस्तक्षेप गर्दा , बल पुर्वक अर्काको राष्ट्रियतालाई लोप गराई आफ्नो राष्ट्रियता लागु गर्न खोज्दा मात्रै राष्ट्र विखण्डन तिर लाग्छ , तर बहुराष्ट्रिय प्रणालीले सबैको राष्ट्रियतालाई संमान , संरक्षण र बिकासमा जोड दिने भएकोले , सबैमा राष्ट्रप्रती अपनत्वको बोध हुने हुदा यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने गरेको देखिन्छ ।

आजको बहुराष्ट्रिय राज्यहरुका उदाहरण अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, बोलिभिया, बोस्निया र हर्जेगोविना, ब्राजील, क्यानाडा, चिली, चीन, इथियोपिया, फ्रान्स, भारत, इन्डोनेशिया, इराक, मडागास्कर, मलेशिया, मौरिशस, मोन्टेनेग्रो, न्यूजील्याण्ड हो। , नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रसिया, सर्बिया, सिंगापुर, दक्षिण अफ्रीका, स्पेन, श्रीलंका, सुरिनाम, स्विजरल्याण्ड, टर्की – युनाइटेड किंगडम र संयुक्त राज्य । यि सबै तथ्यहरुलाई हेर्दा नेपाल बहुराष्ट्रिय राज्य नै हो। देशमा देखिएको विभिन्न राजनीति समस्याहरुको समाधानको लागि बहुराष्ट्रिय राज्य प्रणाली नै उतम विकल्प हो ।

Comment


Related News

Latest News

Trending News