अपडेट 
२०७८ असार ४, शुक्रबार १६:२१

बितेको २४ घण्टामा शुक्रबार धनुषामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५८ जनाको पिसीआर परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रसासन कार्यालय धनुषाले उपल्बध गराएको विवरण उल्लेख रहेको छ । त्यस्तै, बितेको २४ घण्टामा जिल्लाभरिमा १३२ जना कोरोना संक्रमणमुक्त भएका छन । आज कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । बिहिवारसम्म जिल्लाभरिमा जम्मा सक्रिय संक्रमितको संख्या ८१४ रहेकोमा आज १५ जना थप भई १३२ जना निको भएसंगै आज कुल सक्रिय संक्रमितको संख्या ६९७ रहेको छ ।

हाल जिल्लाभरिमा ६४७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन भने २८ जना सामान्य उपचार गराईरहेका छन । धनुषामा आजसम्मा कोरोना संक्रमणबाट मृत्यु भएको कुल संख्या १०३ रहेको छ ।

Comment


Related News

Latest News

Trending News